काँग्रेसभित्र इमान्दार नेतृत्व आवश्यक ः नेता सिंह

काँग्रेसभित्र इमान्दार नेतृत्व आवश्यक ः नेता सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र इमान्दार नेतृत्वको खाँचो रहेको बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिका–३१ का सभापति स्वर्गीय उज्वल कोइरालाको शोकसभामा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले विसं २०४६ को परिवर्तनपछि पार्टीभित्र मूल्य र मान्यताको राजनीति अन्त्य हुँदै गएको बताउनुभयो । “राजनीतिलाई सेवाभन्दा पेशाको दृष्टिकोण हेर्दा, मूल्य र मान्यताको राजनीति अन्त्य हुँदै गयो”, उहाँले भन्नुभयो । पार्टीको १४औँ महाधिवेशन स्वच्छ र निष्पक्ष हुनुपर्ने उहाँको भनाइ थियो । नेता सिंहले वर्तमान सरकार संविधान र सङ्घीयताको मर्म र भावना विपरीत हिँडेको बताउनुभयो ।

काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले लोकतान्त्रिक दल काँग्रेस विधि र विधानअनुसार चल्न नसक्दा कमजोर हुँदै गएको बताउनुभयो । पूर्वउद्योगमन्त्री जोशीले वर्तमान सरकारले सुशासन र समृद्धिको नारा दिए पनि उक्त नारालाई व्यवहारमा उतार्न नसकेको आरोप लगाउनुभयो । काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँ, क्षेत्रीय सभापति प्रकाशविक्रम राणा, महासमिति सदस्य सुरजचन्द्र लामिछानेलगायतले स्वर्गीय कोइरालाको राजनीतिमाथि चर्चा गर्नुभएको थियोे ।