नेपाली हास्यब्यङ्ग सिरियल हास्नु हुन्न है सधै झै आज पनि सम्पूर्ण दर्सकहरु माझ सुपर अनलाइन टिभीबाट आइसकेको छ । नेपाली हास्य सिरियलहरु निर्माण हुने क्रम बड्दो अबस्थामा रहेको अवस्थामा हास्नु हुन्न है ले छोटो समयमै राम्रो चर्चापरिचर्चा कमाउन सफल भइसकेको छ ।
यश सिरियलले छुट्टै किसिमको कथा बस्तुहरु समसामयिक घटनाहरुलाइ समेटेर ब्यङ्गात्मक तरिकाबाट दर्सकहरुलाइ रमाइलो तरिकाले मनोरञ्जन प्रस्तुत गरिरहेको छ । निर्देसक तथा कलाकार समीर सुवेदी र आइन्द्र लिम्बुका अनुसार नेपालको गाउले कथामा आधारित निर्माण भैरहेको यश सिरियलमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ। कलाकारहरु आइन्द्र लिम्बू, समीर सुबेदी, ज्योती अधिकारी , कल्पना पाण्डे , रुबिना गहतराज, सन्तोष किराँती , सिताराम लिम्बू, कुमार राई, योवन गुरुङ , दिनेश बस्नेत र अन्य धेरै कलाकारहरूको पनि प्रस्तुति रहेको छ।
निर्देशक तथा कलाकार समीर सुवेदी र आइन्द्र लिम्बु भन्छन आफुले कलाकारिता गर्ने क्रममा आफ्नो कलाकारिता प्रस्तुत गर्न एउटा सानो स्थान प्राप्त गर्नलाइ धेरै दौडधुप गर्नुपरेको र अरुले त्यस्तो भोग्नु नपरोस भनेर आफुले नयाँ आउनेहरुका लागी सहज बाताबरण बनाएर अगाडी बढाउदै गरेको बताए । आजको भागमा विशेषगरी घरायसी घरझगडा किन हुन्छ? भन्ने कुरा र आफ्नो श्रीमती अर्कै सङ्ग रङेहात फेलापारेको र श्रीमान श्रीमती बिदेशमा हुदा यता आफ्नो देशमा रहेको श्रीमान अर्थात श्रीमतीले सम्पती लिएर टाप कसेको कुरालाइ प्रस्तुत गरिएको छ।
त्यसै गरि बुडेसकालमा भर्खरको उमेरको केटि बिबाह गर्ने भाइर बाजे सिंहबहादुर लिम्बू र पुजा लिम्बुको पनि बिशेष अभिनय रहेको छ।
प्रतिक्रिया