उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप ल्याउने कार्यको प्रगति विषयमा विभिन्न मन्त्री र सचिवसँग आज छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मन्त्री पोखरेलले आज गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन तथा सङ्घीय मामिला, स्वास्थ्य तथा जनसङ्ख्या र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री, मुख्यसचिव र सचिवसँग जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउनेबारे सरकारका निर्णय र त्यसमा भइरहेको प्रगतिबारे छलफल गर्नुभएको हो । “समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल भएको हो”, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का निर्देशक समितिका संयोजक पोखरेलले भन्नुभयो, “त्यसबाहेकका कतिपय निर्णयको कार्यान्वयनका सन्दर्भमा पनि अनौपचारिक छलफल ग¥यौंँ ।”
कोभिड कोषको खर्च विवरण सार्वजनिक गरिने
सिसिएमसीमा आबद्ध मन्त्रीहरुसमेतको बैठकले कोभिड नियन्त्रणसम्बन्धी कामका बारेमा सर्वसाधारण जनतालाई जानकारी गराउने उद्देश्यका साथ प्रकाशन गरिने निर्णय पनि गरेको छ । सीमाविन्दुमा स्वास्थ्य सहायता कक्ष स्थापना गर्ने गरी उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकतानुसार करार सेवामा नियुक्त गर्ने बारेमा पनि बैठकमा छलफल भएको थियो ।
साथै कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भत्ता सम्बन्धमा देखापरेका केही व्यावहारिक कठिनाइका सम्बन्धमा पनि छलफल भएको जनाइएको छ । कोभिड कोषको खर्च विवरण जनतासमक्ष सार्वजनिक गर्ने निर्णय पनि भएको उपप्रधानमन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिनुभयो ।
०००
निधन भए लगत्तै नेकपा नेता कमान सिंह लामाको गोप्य अडियो भिडियो सार्बजनिक, करोडौ लेनदेनको बहसमा नेकपा नेता नारायणकाजी श्रेष्ठ पनि सम्मिलित (भिडियो सहित)
कोरोना संक्रमणबाट भर्खरै निधन भएका पुर्वसांसद तथा नेकपा नेता कमान सिंह लामासंग सम्बन्धित एक गोप्य भिडियो सार्बजनिक भएको छ । उक्त भिडियो रेकर्डमा नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि मुछिएका छन । पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको निधन भएलगत्तै नेता श्रेष्ठ संवादमा सहभागी भिडियो तथा अडियो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियो तथा अडियो क्लिपमा साढे दुई करोड रुपैयाँ लेनदेनको विषय छ ।
कुनै कम्पनिसंग सम्बन्धित कारोबारमा करोडौको लेनदेनको विषयमा छलफल गर्दै गर्दाको गोप्य भिडियो अहिले इन्टरनेटमा सार्बजनिक भएपछि सामाजिक संजालमा भाइरल बनिरहेको छ । भिडियोमा लामा र श्रेष्ठबीच आठ करोड रुपैयाँको लेनदेनमा भएको विवाद सुल्झाउने बारे कुराकानी भएको देखिन्छ । श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम अगाडि आएको छ । सार्बजनिक अडियोमा नेता श्रेष्ठले हिसाब मिलाउन मध्यस्तता गरेको वा लेनदेनमा नै सामेल रहेको हो भन्ने बारे स्पष्ट छैन ।
सुसन र नारायणकाजी अत्यन्त निकट मित्रका रुपमा परिचित छन। नारायणकाजीको राजनीतिक यात्रामा सुसनको निकै राम्रो योगदान भएको ठानिन्छ । सुसनले विगतमा पत्रकारिता पनि गरेकि थिइन ।
कमानसिंहको निकटको परिवारबाट सनराइज खबरलाई प्राप्त उक्त गोप्य भिडियो यस्तो छ :
०००
श्रीमती र भाईलाई ‘म मरे भने मेरो काजक्रियामा तिमी सामेल नहुनु’ भन्दै संसारबाट विदा भए कोरोना संक्रमणले थलिएका पुर्वसांसद कमानसिंह
एक हप्ता अगाडी श्रीमतीको नाममा सामाजिक संजालमा भाबुक स्टाटस लेखेका पूर्वसांसद तथा नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको गएराति निधन भएको छ ।
कोरोना भाइरस संक्रमण भएका उनको काठमाडौँ शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको थियो । बिक्रम सम्बत २०४८ साल मै सांसद बनेका लामा कम्युनिष्ट नेताहरुमध्येमा दिग्गज मानिन्थे । उनि पछिल्लो पटक २०६४ सालमा पनि सांसद बनेका थिए ।
लामाको आज निधन भएपनि उनले करिब एक हप्ता अगाडी नै हिम्मत हार्दै आफ्नो पारिवारिक बिलौना सामाजिक संजाल मार्फत सार्बजनिक गरेका थिए । उनले आफ्नो श्रीमतीलाई सम्बोधन गर्दै निक्कै लामो पत्र लेखेका थिए । श्रीमतीलाई प्रिय सम्बोधन गरेका उनले पुरा पत्रमा गुनासो मात्र गरेका छन ।
लामाले श्रीमतिसँगको माया ‘बर्मुडा ट्रयाङ्गल’मा फसेको भन्दै श्रीमती आफ्नो यस्तो अन्तिम घडीमा समेत हेर्न नआएको गुनासो गरेका छन । उनले जीवन मरणको लडाईको बेलासमेत साथमा नहुने श्रीमतीलाई श्रीमती भनिरहनु औचित्य नहुने समेत बताएका छन । ३० को बैबाहिक सम्बन्धमा ६/७ महिना ज्यादै दुखद रहेको लामाले खुलाएका छन ।
लामाले सामाजिक संजाल फेसबुकमा अन्तिम स्टाटस लेख्दै भनेका छन् – ‘यदि कथं म मरे मेरो काजक्रियामा तिमी र मेरो भाइ इमान सामेल नहुनु ! यो मेरो बिन्ती !’
लामाको अन्तिम स्टाटस यस्तो छ :
”आमा नामनै कति मोहक शब्द “आमा ” मैले संसारमा सब भन्दा बढी मया गर्ने “आमा”
प्रीय मैले तिमीलाई त्यही आमा पछिको दोश्रो माया गरेको थिएं तर त्यो आज याम्बालिंग रुपी बर्मुडा ट्रयाड०गलमा फसेकोछ !!! तीमि यसलाई सामान्य लोग्नी स्वस्नीको झगडाको रूपमा लिंदै आफ्नो स्वास्नी आफैले हात लिन सक्नु पर्छ भन्नछन” छ्या कति कुरुप सिलावरको देक्ची कूचिैएका कुरुप विचार र अनुहार बोकेका तिम्रा जिग्री दोस्तहरु !!
प्रिय, तिमीत उस्को परिवार रे आफ्नो श्रीमतीलाई आफैले हात लिनु पर्छ रे !!! वा रे वा नेताज्यू हातमा हैन मैले सिरमा राखेको थिएं !!! ढोंगीहरुलेत हातमा भनेर घुंडामा झुण्ड्याउने हो क्यार !!! जे होस तिम्रा जाल झेल खेती सप्रेकोनैछ साधा जीबन उच्च विचारका होर्दिड०बोर्ड बगैंचा घरका भित्तामा टांसेकाछौ त्यो कत्तिको सहज लाग्छ कुन्नी मलाई त हांडि घोप्टे जस्तो लाग्छ !!
ठमेलमा ५० हजार यु एस डलरको विटा भेट्टाएछ !!! सोह्रखुट्टे पार्टिको भित्तामा गाइको गोवरले डलर टांसेर झिली मिली बनाएछ !!! हांडिमा खिचडि बसाएर दूइ बुढाबुढि गीत गाएर नाचिबसेको खोजदै जाने प्रहरी र टुरिष्टले भेटेछ !!! यहि केशले हांडि घोप्टेको लोग्ने स्वास्नीको यूरोप अमेरिकाको यात्रा भयो !!!
हाम्रा माहान पा . का माहान साधु सन्त नेताका यत्तिको नैतिक्ता र वीचार पनि मैले देखिन !!! थुई..क्क जाली फटाहा द्रव्य पिशाचहरु !!!
प्रीय मेरी प्रिय हाम्रो प्रेम बर्मुडा ट्य्राण्गलमा फस्यो प्रीय !!
१. मेरो DIGNITY स्वाभिमानको ट्य्राड०गल
२. चल अचल भौतिक सम्पती प्रतिको तिम्रो आसक्ती
३. हाम्रो वीचको सामाजीक सम्बन्ध , स्थापित मूल्य मान्यता र त्यसमा आएको परिबर्तनले ल्याएका अन्तर बिरोधहरु !!!
यो हो हाम्रो वीचको अहिलेको बर्मूडाको ट्य्राड०गल !!! याद गर प्रीय मैले तिमीलाई सबै कुरो सम्पती सम्म सुम्पें तर मेरो स्वाभिमान प्रति खेलवाड गर्ने छुट दिईएको छैन !!! धेरैले नबुझेका र तिमीले पनि नवुझेको कुरो यहि छ !!!
बरमुडा ट्य्राड०गल त्यो त्रासदिपूर्ण आजसम्म त्यसको भेद खोल्न सकेको छैन !!!
तर यसको बनावट भूमध्य रेखा काल्पनीक लाइन संगै भएको हो । जब प्रथ्वी एउटै ढिक्कोको एउटै समुन्द्र थियो !! हामी बसेको भू भाग गोण्डावना ल्याण्डसंगै दक्षिणी धुर्बमा टांसिएर बसेको थियो !!! त्यसबखत ठुला ठुला भौगोलिक उथल पुथल भइरहन्थे !!! एक्कास्सी गोण्डावना ल्याण्ड दक्षिणी धुर्बसंग छुट्टियो !!! ३ मिटर उत्तर सर्यो !!! प्रथ्वी बीचमा उसिनेको अण्डा वीचमा फ़ुटाएको जस्तो फुट्यो !!
प्रथ्वी दुइ भागमा बांडियो !! उत्तरी गोलार्द पांगिया र दक्षिणी गोलार्ध गोण्डावना ल्याण्ड !!! यहि घटनामा भूमध्य रेखिय क्षत्रमा बर्मुडा ट्रयाड०गल बन्यो !!! त्यो आजपर्यन्त अभेद्य छ !!!
त्यस्तै हामी हाम्रो बर्मुडा ट्रयाड०गलमा फसेका छौं !!!
प्रीय , तिमीले कुरा नबुझ्दा र तिमीले जानी जानी धोका दिंदा मेरा केही सपनाहरु अधुरानै रहने भए !!! राजनीतिक सपना राजनीतिक नेताहरुले गोलखाडि पुर्याइ हाले !!! के कुरा गर्ने !!! तिमी मदुइ मिली यो प्रथ्वी फनक्क एक फन्को लगाउने. विस्वका आठै वटा आश्चर्यको रस्वास्वादन गर्ने !!!
माचिपिच्यूमा पुरानो पोर्तुगीज खाना खाने !!! गोन्जालोको देश हेर्ने !!! माकलबारीमा आफ्नै पिरामिड बनाउने पोहोरै योजना बनाएको थिएं ! त्यो तिमीले भांडी दियौ !!! मध्यरातमा घाम झुल्किएको फिन्ल्याण्ड, नर्वेवाट रस्वास्वदन हमीदुइ साथै गर्ने सपना अधुरै रहने भयो !!!
ट्रान्स साइबेरियन ट्रेन चढेर व्लादिभोस्तक जाने !!! उलान बटोर र ऐतिहासीक गोवि मरुभूमीमा उंट चढने सपना अधुरै रहने भयो !!! मानव विकासक्रमको २૪ लाख बर्षको ईतिहासमा सिन्थोपस प्रक्रितीको जीवाष्मका मूलका मानिसहरू ड्रागन पाहाड भिरालोका मानिसहरु पेकिड०म्यान, लान्तीयान म्यान , वुसानम्यान ले गरेका उपलब्धी र आदीबारे अलि शुक्ष्म अध्यन गरी हाम्रो ठुंसाका बारे भौतिक रूपमै उपस्थित भएर अध्य यन गर्ने !!!
दोड० सिड०दान तथा धेरै हामी टिवेटो बर्मिज भाषा समुह र मंगोल मूलका पुर्खाहरुले एक ठुलो नदीको धार परिबर्तन गरि अहिलेको साइन्स र टेक्नोलोजीको युगमा पनि आस्चर्य चकित हुने हाम्रा प्राग कालिन पुर्खाको पौरख र शीप विज्ञान प्रविधि संगै पढने ईच्छा अधुरै रहने भयो !!!
हाम्रो सास्त्रले भनेको वुइसाड०, उर्गेन ह्युल, अब आउने बसन्त रितुमा अध्यनभ्रमणको रूपमा डुल्ने योजना थियो त्यो अधुरै रह्०यो !!! प्रीय म कोरोनाले लिएर जानको लागी सबै योग्यता पुगेको मान्छे म अरुले भने म्रित्यु शैयाबाट भन्थे होला तर म भन्दिन !!! कोबिटसंग पैंठे जोडि खेल्दैछु !!! सायद म बाच्छु पनि होला मेरा वरपरबाट धेरै गए पनि !!! तर म आत्तिन्न !!!
यो अन्तीम घडिमा पनि मेरो धन मेरो लागी काम लाग्दैन भने त्यो धनको के काम !!! आफ्नो पाउनु पर्नेत यो हालतमा दिंदैन भने मेरो निम्ती कहिलेलाई चाहियो ? यो जीवनको जीवन मरणको लडाईको वेला मेरो श्रीमती म साथ हुन्न भने त्यो श्रीमती अझै श्रीमती भनिरहनु कत्तिको औचित्य ? लौ प्रिय गरि खान मनग्य गरि दिएकोछु !!! बांकी जीवन मोजगर !!! मैले पुरा गर्म नसकेको अधुरा काम अरुसंगै पुरा गर !!! आठै आस्वर्य हेर्ने घुम्ने भोक मैलेनै जगाइ सकेकोछु तिमीलाई सक्षम पनि छौ !!! लौ बधाई प्रीय
२८/३० बर्ष तिमी साथै यो ६/७ महिना बाहेक ज्यादै शुखदनै रह्यो !!! यो ६/७ महिनाले मलाई गलायो किनकी मैले तिम्रो मायामा विस्वास घात पाएं !!! मेरो सेयरको करीब दूइ बर्षको सांवा ब्याज मेरो खातामा जम्मा गरेर आइज कुरो सहजै मिल्यो !!! उस्ले पैसा नदिए सिधै म संग मिल्न आइज हामी दुई भएर मुद्दा लडौं या रिजनब्ली मिल्न आए मिल्ने !!!
प्रीय यदि तिमी जालीफटाहाकै पक्षमा लागिनै रहने हो भने मेरो र तिम्रो बीचको सम्बन्ध मेरो यस्तो बेलामा पनि तिम्रो साथ मलाइ रहन्न भने !!! सम्बन्ध छ भनि रहनु को औचित्यै के रह्यो र प्रीय !!! कुनै माध्यमले काम नगरे पछि बडो सरमका साथ यो मिडिया अपनाएं माफगर प्रीय !!! यदि म कथं म मरे मेरो काजक्रियामा तिमी र मेरो भाई इमान सामेल नहुनु !!! यो मेरो बिन्ती !!!
प्रतिक्रिया