कमानसिंह लामाको श्रीमती इन्द्रमाया मिडियामा, नारायण काजीसंगको सम्बन्ध देखि करोडौको घोटाला बारे बल्ल बोलिन् (भिडियो)

कमानसिंह लामाको श्रीमती इन्द्रमाया मिडियामा, नारायण काजीसंगको सम्बन्ध देखि करोडौको घोटाला बारे बल्ल बोलिन् (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भर्खरै कोरोना संक्रमणबाट मृत्यु भएका पुर्वसांसद तथा नेकपा नेता कमानसिंह लामाकी श्रीमती इन्द्रमाया तामाङ मिडियामा आएकी छन । मृत्युको एक हप्ता अगाडी उनै श्रीमतीको नाममा भावुक पत्र लेखेका लामाको गत बुधबार निधन भएको हो ।

लामाले श्रीमती र भाईलाई मेरो अन्तिम संस्कारमा उपस्थित नहुनु भन्ने फेसबुकको स्टाटस निक्कै भाइरल भएको थियो । लामाको उक्त स्टाटसको हल्ला सेलाउन नपाउदै नेकपा प्रवक्ता नारायण काजी श्रेष्ठ संलग्न एक गोप्य भिडियो सार्बजनिक भयो । जहा कुनै कम्पनिको शेयर सम्बन्धिको बिबाद मिलाउने कोशिस भएको देख्न सकिन्छ ।

भिडियोमा लामा र श्रेष्ठबीच आठ करोड रुपैयाँको लेनदेनमा भएको विवाद सुल्झाउने बारे कुराकानी भएको देखिन्छ । श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम अगाडि आएको छ । सार्बजनिक अडियोमा नेता श्रेष्ठले हिसाब मिलाउन मध्यस्तता गरेको वा लेनदेनमा नै सामेल रहेको हो भन्ने बारे स्पष्ट छैन ।

यस विषय निक्कै चर्चामा आएपछि इन्द्र माया तामाङ मिडियामा आएकी छन । तामाङले नारायण काजी श्रेष्ठ निर्दोष रहेको बताएकी छन । आफ्नै श्रीमानको इन्टेन्सन गलत भएको तामाङको आरोप छ । लामाको इन्टेन्सन नै गलत भएको हुनाले आफ्नो श्रीमानले गोप्य भिडियो बनाएको पनि उनको दावी छ ।

 

०००

श्रीमती र भाईलाई ‘म मरे भने मेरो काजक्रियामा तिमी सामेल नहुनु’ भन्दै संसारबाट विदा भए कोरोना संक्रमणले थलिएका पुर्वसांसद कमानसिंह

एक हप्ता अगाडी श्रीमतीको नाममा सामाजिक संजालमा भाबुक स्टाटस लेखेका पूर्वसांसद तथा नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको गएराति निधन भएको छ ।

कोरोना भाइरस संक्रमण भएका उनको काठमाडौँ शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको थियो । बिक्रम सम्बत २०४८ साल मै सांसद बनेका लामा कम्युनिष्ट नेताहरुमध्येमा दिग्गज मानिन्थे । उनि पछिल्लो पटक २०६४ सालमा पनि सांसद बनेका थिए ।

लामाको आज निधन भएपनि उनले करिब एक हप्ता अगाडी नै हिम्मत हार्दै आफ्नो पारिवारिक बिलौना सामाजिक संजाल मार्फत सार्बजनिक गरेका थिए । उनले आफ्नो श्रीमतीलाई सम्बोधन गर्दै निक्कै लामो पत्र लेखेका थिए । श्रीमतीलाई प्रिय सम्बोधन गरेका उनले पुरा पत्रमा गुनासो मात्र गरेका छन ।

लामाले श्रीमतिसँगको माया ‘बर्मुडा ट्रयाङ्गल’मा फसेको भन्दै श्रीमती आफ्नो यस्तो अन्तिम घडीमा समेत हेर्न नआएको गुनासो गरेका छन । उनले जीवन मरणको लडाईको बेलासमेत साथमा नहुने श्रीमतीलाई श्रीमती भनिरहनु औचित्य नहुने समेत बताएका छन । ३० को बैबाहिक सम्बन्धमा ६/७ महिना ज्यादै दुखद रहेको लामाले खुलाएका छन ।

लामाले सामाजिक संजाल फेसबुकमा अन्तिम स्टाटस लेख्दै भनेका छन् – ‘यदि कथं म मरे मेरो काजक्रियामा तिमी र मेरो भाइ इमान सामेल नहुनु ! यो मेरो बिन्ती !’

लामाको अन्तिम स्टाटस यस्तो छ :

”आमा नामनै कति मोहक शब्द “आमा ” मैले संसारमा सब भन्दा बढी मया गर्ने “आमा”

प्रीय मैले तिमीलाई त्यही आमा पछिको दोश्रो माया गरेको थिएं तर त्यो आज याम्बालिंग रुपी बर्मुडा ट्रयाड०गलमा फसेकोछ !!! तीमि यसलाई सामान्य लोग्नी स्वस्नीको झगडाको रूपमा लिंदै आफ्नो स्वास्नी आफैले हात लिन सक्नु पर्छ भन्नछन” छ्या कति कुरुप सिलावरको देक्ची कूचिैएका कुरुप विचार र अनुहार बोकेका तिम्रा जिग्री दोस्तहरु !!

प्रिय, तिमीत उस्को परिवार रे आफ्नो श्रीमतीलाई आफैले हात लिनु पर्छ रे !!! वा रे वा नेताज्यू हातमा हैन मैले सिरमा राखेको थिएं !!! ढोंगीहरुलेत हातमा भनेर घुंडामा झुण्ड्याउने हो क्यार !!! जे होस तिम्रा जाल झेल खेती सप्रेकोनैछ साधा जीबन उच्च विचारका होर्दिड०बोर्ड बगैंचा घरका भित्तामा टांसेकाछौ त्यो कत्तिको सहज लाग्छ कुन्नी मलाई त हांडि घोप्टे जस्तो लाग्छ !!

ठमेलमा ५० हजार यु एस डलरको विटा भेट्टाएछ !!! सोह्रखुट्टे पार्टिको भित्तामा गाइको गोवरले डलर टांसेर झिली मिली बनाएछ !!! हांडिमा खिचडि बसाएर दूइ बुढाबुढि गीत गाएर नाचिबसेको खोजदै जाने प्रहरी र टुरिष्टले भेटेछ !!! यहि केशले हांडि घोप्टेको लोग्ने स्वास्नीको यूरोप अमेरिकाको यात्रा भयो !!!

हाम्रा माहान पा . का माहान साधु सन्त नेताका यत्तिको नैतिक्ता र वीचार पनि मैले देखिन !!! थुई..क्क जाली फटाहा द्रव्य पिशाचहरु !!!

प्रीय मेरी प्रिय हाम्रो प्रेम बर्मुडा ट्य्राण्गलमा फस्यो प्रीय !!

१. मेरो DIGNITY स्वाभिमानको ट्य्राड०गल

२. चल अचल भौतिक सम्पती प्रतिको तिम्रो आसक्ती

३. हाम्रो वीचको सामाजीक सम्बन्ध , स्थापित मूल्य मान्यता र त्यसमा आएको परिबर्तनले ल्याएका अन्तर बिरोधहरु !!!

यो हो हाम्रो वीचको अहिलेको बर्मूडाको ट्य्राड०गल !!! याद गर प्रीय मैले तिमीलाई सबै कुरो सम्पती सम्म सुम्पें तर मेरो स्वाभिमान प्रति खेलवाड गर्ने छुट दिईएको छैन !!! धेरैले नबुझेका र तिमीले पनि नवुझेको कुरो यहि छ !!!
बरमुडा ट्य्राड०गल त्यो त्रासदिपूर्ण आजसम्म त्यसको भेद खोल्न सकेको छैन !!!

तर  यसको बनावट भूमध्य रेखा काल्पनीक लाइन संगै भएको हो । जब प्रथ्वी एउटै ढिक्कोको एउटै समुन्द्र थियो !! हामी बसेको भू भाग गोण्डावना ल्याण्डसंगै दक्षिणी धुर्बमा टांसिएर बसेको थियो !!! त्यसबखत ठुला ठुला भौगोलिक उथल पुथल भइरहन्थे !!! एक्कास्सी गोण्डावना ल्याण्ड दक्षिणी धुर्बसंग छुट्टियो !!! ३ मिटर उत्तर सर्यो !!! प्रथ्वी बीचमा उसिनेको अण्डा वीचमा फ़ुटाएको जस्तो फुट्यो !!

प्रथ्वी दुइ भागमा बांडियो !!  उत्तरी गोलार्द पांगिया र दक्षिणी गोलार्ध गोण्डावना ल्याण्ड !!! यहि घटनामा भूमध्य रेखिय क्षत्रमा बर्मुडा ट्रयाड०गल बन्यो !!! त्यो आजपर्यन्त अभेद्य छ !!!
त्यस्तै हामी हाम्रो बर्मुडा ट्रयाड०गलमा फसेका छौं !!!

प्रीय , तिमीले कुरा नबुझ्दा र तिमीले जानी जानी धोका दिंदा मेरा केही सपनाहरु अधुरानै रहने भए !!!  राजनीतिक सपना राजनीतिक नेताहरुले गोलखाडि पुर्याइ हाले !!! के कुरा गर्ने !!! तिमी मदुइ मिली यो प्रथ्वी फनक्क एक फन्को लगाउने. विस्वका आठै वटा आश्चर्यको रस्वास्वादन गर्ने !!!

माचिपिच्यूमा पुरानो पोर्तुगीज खाना खाने !!! गोन्जालोको देश हेर्ने !!! माकलबारीमा आफ्नै पिरामिड बनाउने पोहोरै योजना बनाएको थिएं ! त्यो तिमीले भांडी दियौ !!! मध्यरातमा घाम झुल्किएको फिन्ल्याण्ड, नर्वेवाट रस्वास्वदन हमीदुइ साथै गर्ने सपना अधुरै रहने भयो !!!

ट्रान्स साइबेरियन ट्रेन चढेर व्लादिभोस्तक जाने !!! उलान बटोर र ऐतिहासीक गोवि मरुभूमीमा उंट चढने सपना अधुरै रहने भयो !!! मानव विकासक्रमको २૪ लाख बर्षको ईतिहासमा सिन्थोपस प्रक्रितीको जीवाष्मका मूलका मानिसहरू ड्रागन पाहाड भिरालोका मानिसहरु पेकिड०म्यान, लान्तीयान म्यान , वुसानम्यान ले गरेका उपलब्धी र आदीबारे अलि शुक्ष्म अध्यन गरी हाम्रो ठुंसाका बारे भौतिक रूपमै उपस्थित भएर अध्य यन गर्ने !!!

दोड० सिड०दान तथा धेरै हामी टिवेटो बर्मिज भाषा समुह र मंगोल मूलका पुर्खाहरुले एक ठुलो नदीको धार परिबर्तन गरि अहिलेको साइन्स र टेक्नोलोजीको युगमा पनि आस्चर्य चकित हुने हाम्रा प्राग कालिन पुर्खाको पौरख र शीप विज्ञान प्रविधि संगै पढने ईच्छा अधुरै रहने भयो !!!

हाम्रो सास्त्रले भनेको वुइसाड०, उर्गेन ह्युल, अब आउने बसन्त रितुमा अध्यनभ्रमणको रूपमा डुल्ने योजना थियो त्यो अधुरै रह्०यो !!! प्रीय म कोरोनाले लिएर जानको लागी सबै योग्यता पुगेको मान्छे म अरुले भने म्रित्यु शैयाबाट भन्थे होला तर म भन्दिन !!! कोबिटसंग पैंठे जोडि खेल्दैछु !!! सायद म बाच्छु पनि होला मेरा वरपरबाट धेरै गए पनि !!! तर म आत्तिन्न !!!

यो अन्तीम घडिमा पनि मेरो धन मेरो लागी काम लाग्दैन भने त्यो धनको के काम !!! आफ्नो पाउनु पर्नेत यो हालतमा दिंदैन भने मेरो निम्ती कहिलेलाई चाहियो ? यो जीवनको जीवन मरणको लडाईको वेला मेरो श्रीमती म साथ हुन्न भने त्यो श्रीमती अझै श्रीमती भनिरहनु कत्तिको औचित्य ? लौ प्रिय गरि खान मनग्य गरि दिएकोछु !!! बांकी जीवन मोजगर !!! मैले पुरा गर्म नसकेको अधुरा काम अरुसंगै पुरा गर !!! आठै आस्वर्य हेर्ने घुम्ने भोक मैलेनै जगाइ सकेकोछु तिमीलाई सक्षम पनि छौ !!! लौ बधाई प्रीय

२८/३० बर्ष तिमी साथै यो ६/७ महिना बाहेक ज्यादै शुखदनै रह्यो !!! यो ६/७ महिनाले मलाई गलायो किनकी मैले तिम्रो मायामा विस्वास घात पाएं !!! मेरो सेयरको करीब दूइ बर्षको सांवा ब्याज मेरो खातामा जम्मा गरेर आइज कुरो सहजै मिल्यो !!! उस्ले पैसा नदिए सिधै म संग मिल्न आइज हामी दुई भएर मुद्दा लडौं या रिजनब्ली मिल्न आए मिल्ने !!!

प्रीय यदि तिमी जालीफटाहाकै पक्षमा लागिनै रहने हो भने मेरो र तिम्रो बीचको सम्बन्ध मेरो यस्तो बेलामा पनि तिम्रो साथ मलाइ रहन्न भने !!! सम्बन्ध छ भनि रहनु को औचित्यै के रह्यो र प्रीय !!!  कुनै माध्यमले काम नगरे पछि बडो सरमका साथ यो मिडिया अपनाएं माफगर प्रीय !!! यदि म कथं म मरे मेरो काजक्रियामा तिमी र मेरो भाई इमान सामेल नहुनु !!! यो मेरो बिन्ती !!!

०००

टिकटकमा भाइरल भएकी बेहुली आमासंगै आइन पहिलो पटक मिडियामा (पुरा भिडियो)

काठमाडौँ । धनगढीकी बेहुली शान्ती शर्मा मुडवरीले आमालाई सम्झाउँदै गरेको भिडियो निक्कै भाइरल भएको छ । उनले ‘पर्सी आइहाल्न्या हुँ खिरपुरी बनाइराख्नु। अचार पनि, धेरै खान्या हुँ। हिजो कम खाँ हुँ नि मैले ! धेरै खान्या हुँ। नरुनु।’ भन्दै शान्तिले बेहुलीलाई माइती बिदा गर्नेक्रममा आमालाई सम्झाउँदै कारबाट भनेकी थिइन ।

‘विचार ग’रेस् है आफ्नो। आफ्नो शरीर स्वस्थ भएपछि मात्र सबै चिज हुन्छ है। ख्याल राख्नु।’ सोही भिडियोमा दुलहीको गाला सुम्सुम्याउँदै आमाले भनेको देख्न सकिन्छ। सारा मल्ल ठकुरीको टिकटक एकाउन्टबाट सार्वजनिक भएको यो भिडियो केही दिनमा नै लाखौँले हेरेका छन् । उक्त भिडियो अहिले युट्युबमा र फेसबुकमा पनि धेरै शेयर भैरहेको छ ।

उनको भिडियो अहिले टिकटकमा निक्कै भाइरल बनि रहेको छ । केहि दिन मै लाखौले हेरी सकेका छन । विबाहको दिन शान्तीले गरेको वाचा कबुल अनुसार उनी फेरी माइतीघर आएर मज्जासँग खाना खाएको अर्को भिडियोमा देख्न सकिन्छ । उनले आमाको हातबाट खिरपुरी र अचार पनि खाएकी छन्।

धनगढी उप–महानगरपालिका–५ हसनपुरकी शान्ति शर्मा मुडभरीको मंसिर २२ गते विवाह भएको थियो। माइतीघरबाट जन्ती बिदाइ गर्ने बेला शान्तिकी साथी सारा मल्ल ठकुरीले उनलाई सरप्राइज दिन जानकारी समेत नदिएर त्यो भिडियो कैद गरेकी थिइन् । नवदुलही शान्ति शर्मा मुडवरीले आफू भाइरल भएपछि मात्र भिडियो खिचिएकोबारे थाहा पाएको बताएकी छन्।

सामाजिक संजालमा भाइरल बनेकी शान्ति पहिलो पटक मिडियामा कुराकानी गर्न आएकी छन। भिडियो हेर्नुहोस ।

भिडियो हेर्नुहोस :

०००

आफ्नो पूर्वपतिले अर्को विवाह गर्ने खबर सुनेपछि मिना ढकाल आगो, मनोजले से’क्सको लागि विवाह गर्न लागेको आरोप (भिडियो)

वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलले पुन:दोस्रो विवाह गर्ने तयारीमा रहेका बेला पुर्वपत्नी मिना ढकालले त्यसमा चित्त दुखाएकी छन ।

पूर्वपत्नी मीना ढकालसंगको २२ बर्ष लामो सम्बन्धलाई तोड्दै गत २०७४ सालमा पारपाचुके गरेका गजुरेल छोरा छोरीसंग बस्दै आएका छन् । एक टेलिभिजन कार्यक्रममा बोल्दै भनेका छन् ‘साथीभाइको शुभकामना, सल्लाह र सुझावअनुसार मैले नयाँ जीवन शुरू गर्न लागेको छु ।’

आफ्नो पुर्वपति गजुरेलले अर्को पत्नी विवाह गर्ने खबर सुनेकी मिना ढकाल आ क्रोशित भएकी छन । उनि सामाजिक संजाल मार्फत यस्तो आ क्रोश पोखेकी हुन् । मनोज भन्दा आफु एक्लो भएको, मैले विवाह नगरी बसेको अवस्थामा पुरा परिवारसंग बस्दै आएका मनोजले किन विवाह गर्नु पर्यो जस्ता प्रश्न गर्दै मिना आ क्रोशित भएकी हुन् ।

पुर्वपति मनोज पुरै परिवारको साथमा बसेको हुनाले उनलाई सहाराको लागि विवाह आवश्यक नभएको बरु उनलाई से’क्सको लागी विवाह आवश्यक रहेको आरोप समेत लगाएकी छन । आफ्नो छोरा छोरी मनोजसंगै रहेको हुदा उनीहरुलाई असर पर्ने भन्दै मिना आ क्रोसित भएकी हुन् ।

भिडियो हेर्नुहोस :

०००

विश्वकै ठुलो कुकिङ शो ‘मास्टरसेफ’ को फाइनलमा पुगेका नेपाली युवा सन्तोषले कोदोको आइटम बनाएर नेपालको कुजिन चिनाउने (भिडियो)

सिराहा जिल्लाको कर्जन्हामा जन्मिएका सन्तोष शाह यतिबेला विश्वमा चर्चा बटुली रहेका सेफ हुन् । उनि अहिले बेलायतको चर्चित शो ‘मास्टरसेफ’ को फाइनलमा प्रतिष्पर्धा गरिरहेका छन । ‘मास्टरसेफ’ बिबिसी वानबाट प्रशारण हुने विश्व कै उत्कृष्ट कुकिङ कम्पिटिसन शो हो ।

सन्तोष पांच वर्षको हुदै उनको बुवाको मृत्यु भएको थियो । त्यसपछि उनको आमामा ठुलो पारिवारिक भार थपिएको थियो । फलस्वरूप सन्तोष करिब दश वर्षको हुदा देखि नै पेट पाल्न र पढ्नको लागि श्रम गर्न थाले । उनले करिब ६ किलोमिटर टाढाको फ्याक्ट्रीमा गएर पाउरोटी टाउकोमा राखेर बेच्न ल्याउथे । उनि पन्ध्र वर्षको हुदा एसएलसी पनि दिए तर उनि पास हुन सकेनन । त्यस पछी उनि भारत पसेको सन्तोष सन्तोष सुनाउछन ।

धेरै अनुभव नभएको पन्ध्र वर्षीय ठिटोले भारतमा पनि राम्रो काम पाउने कुरै भएन । उनले गुजरातको एक पांच तारे होटेलमा भाडा माझ्न थाले । उनले त्यति बेला नै होटेल पनि यति ठुलो हुने रहेछ भन्ने थाहा पाएको बताउछन । तिनै सन्तोष अहिले विश्वको नम्बर एक सेफ बन्ने होडमा छन । उनि सेफ कै रुपमा लन्डनमा कार्यरत छन । उनले निकट भविष्य मै नेपाली कुइजिन मात्र पाउने नेपाली रेस्टुरेन्ट खोल्ने योजनामा छन । त्यसको लागि कम्तिमा सय बढी रेसेपी समेत तयार भैसकेको उनि सुनाउछन ।

उनि सन् २०११ मा गुजरातबाट लन्डन गएका हुन् । उनिसंग भर्खरै गरिएको कुराकानी हेर्नुहोस :

विवाहपछी श्वेता आइन सपरिवार मिडियामा, सासुआमाले यसो भनेपछि श्वेता दङ्ग (भिडियो)

अभिनेत्री श्वेता खड्का र विजयेन्द्रसिंह रावत बीच विवाह सम्पन्न भएको छ । कोभिड-१९ महामारीका बीच आफ्ना परिवार र नजिकका आफन्त उपस्थित विवाह समारोह काठमाडौँको गोकर्ण रिसोर्टमा आयोजना गरिएको थियो ।

२०७१ साउन २५ गते पुर्वपति अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएपछि करिब ६ वर्ष पछी स्वेताले अर्को विहे गर्ने निर्णय गरेकी हुन् । पुरुष प्रधान देशमा स्वेताले गरेको आटलाई अहिलेका पुस्ताले स्वागत गरेको छ । उनलाई समाजिक संजाल मार्फत लाखौले बधाई तथा शुभकामना दिएका छन ।

विवाह पछी घर पट्टिको सपरिवारसहित श्वेता खड्का पहिलो पटक मिडियामा आएकी छन । कुराकानीको क्रममा सासु आमाले स्वेतालाई बुहारी नभएर आफ्नो छोरी मानेको बताएकी छन । पारीवारसहित गरिएको कुराकानी हेर्नुहोस :

विवाह समारोहको केहि तस्विरहरु हेर्नुहोस :

०००

यो पनि

श्रीमती स्वर्गिय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवी बहिनीले पुरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही ब्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ : श्वेता खड्का

काठमाण्डौ । नायिका श्वेता खडकाको दोश्रो बिहेको चर्चा यतिबेला सबै सञ्चारमाध्यम र सोशल मिडियामा चुलिएको छ । विबाहको विषयमा अहिलेसम्म आफ्नो जीवनमा कोही छैन, कोहीपनि होइन र बिहे गर्न भ्याउँदिन भन्दाभन्दै अन्ततः नायिका खडकाले धनगढीका विजेन्द्र सिंह रावतसंग विबाहको लगन गाँठो कस्न थालेकी हुन् ।

नायिका खडका र विजेन्द्रको विबाह आज मंसिर २२ गते हुने भएको छ । नायिका खडकाले श्रीले छाडेको ६ वर्षपछि दोश्रो बिहेको निर्णय लिएकी हुन् । उनको यो निर्णयलाई धेरैले स्वागत योग्य भएको प्रतिकृया दिनुकासाथै नयाँ बैबाहीक जीवनकोलागी अग्रीम बधाई पनि दिएका छन् ।

बिहेको अन्तिम तयारी पुर भईसकेको अवस्थामा नायिका श्वेताले आफ्नो पुर्व पति दिवंगत अभिनेता श्री कृष्ण श्रेष्ठ र उनका परिवारलाई सम्झिएकी छन् । उनले पुर्व पति श्री कृष्ण र उनका परिवारका सबै सदस्यले आफुलाई धेरै माया र सम्मान दिएको सम्झिंदै त्यो परिवारसंग कहिल्यै पनि नाता नटुट्ने पनि बताएकी छन् । उनले सामाजिक संजाल फेसबुकमा भर्खरै आफ्ना विचार राख्दै आफ्ना शुभचिन्तकलाई यसो भनेकी छन् ।

”म: जीवनको नविन यात्रामा

जीवनका बिभिन्न आरोह-अवरोह , उकाली-ओराली , सुख-दु:ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पिर,ब्यथा, दु:ख अनि कष्टहरुसंग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु । ‘अचानोको पिँडा खुकुरीलाई थाहा हुन्न’ भनेझैं समयको दुस्चक्रले ममाथी प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पिंडाहरु केवल मलाई मात्र थाहा छ ।

म देख्थें, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो जस्मा तिखा काँडा, ठुलाठुला पत्थर अनी आगोको ज्वालाहरु छरपस्ट भएर छरिएका छन् । मैले मेरो जीवनको बाटोमाथी छरपस्ट ति काँडाहरुलाई पन्छाउनु पर्नेछ , पत्थरहरुलाई फुटाउनु पर्नेछ अनी आगोको ज्वालाहरुलाई नाघ्नु पर्नेछ । “के म यसो गर्न सकुँला र ?” आँफैसंग प्रश्न गर्थें । आफ्नै प्रश्नमा आँफैले उत्तर दिन्थें ” कि हुती हारेर मर्नु पर्छ कि त हिम्मतका साथ अघी बढ्नुपर्छ ।” अत: मैले मृत्‍युलाई रोजिनँ, जीवनलाइनै रोजें । अनी जिन्दगीका हरेक समस्याहरुसंग जुध्दै क्रमश: अगाडि बढ्दै गएँ ।

‘एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ बर्षदेखी एक्लै हिँडीरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु । “अब उठ्नै सक्दिन कि ” भन्ने कम्जोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदो रहेछ । महिनै पिच्छे करिव हप्ता दिनको लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसंगै औषधीको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ । मनभित्र गाँठो परेर बसेका अब्यक्त बहहरुलाई बोकेर हिंड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथी बोकेर हिंड्नु भन्दा पनि कठिन रहेछ। तर मैले मेरा बहहरु ब्यक्त गर्ने कोसंग ? मैले साथीसंगतीहरुको भिडमा आँखा डुलाएर हेरें तर मेरो पिंडालाई महसुष गर्न सक्ने कोही देखिनँ । आफन्तहरुको घेरामा खोजेँ तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पिंडा पोखेर माइतीलाई थप तनाव दिनु हुन्न भन्ने मनन गरें । अत: मेरो हरेक दु:खमा म एक्लै रोएँ, पिंडाहरुमा आँफै सम्हालिएँ अनी अनेकन समस्याहरुसंग एक्लै जुधिरहें ।

“मेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैषीहरुले एउटा जीवन साथी खोज्नको लागि नसुझाएका पनि होइनन् तर एक पटक पुछिएको सिउँदोमाथी पुन: सिन्दुर भर्न आँट गर्ने कुनै निस्वार्थी हातहरु पाईन्छ र ? फुटेको चुरासंगै चक्नाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र ? अनी विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुन: फर्काएर मेरो जीवनमा खुशीको रङ्ग भरिदिने कुनै दयालु मन पाईएला र ? लौ,भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी ब्यक्ती पनि पाइयो रे , अनी के यो पुरुष प्रधान समाजले मेरो दोश्रो जीवनलाई स्विकार गर्ला र ?” म मेरा हितैषीहरुलाई प्रश्न गर्थें ।

आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पिँडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतितलाई शहर्ष स्विकार गरी मसंगै सुख र दु:ख बाँड्न तयार एउटा साथी पाएकी छु । म, जीवनको दु:खद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु । त्यसो भन्दैमा मैले मेरो अतिलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन । अतितका मिठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नविन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन । तर मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनी साथीसंगतीहरु, अग्रज र दिग्गज ब्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुले प्रदान गर्नु भएको हौशला, शाहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु । यती हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवस्य छ “के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्विकार गर्ला र ?”

मलाई थाहाछ ‘श्वेताको आँखामा आँशु मात्रै देखिनु पर्छ’ भन्ने सोच बोकेका दुईचारजना ब्यक्तिहरुलाई मेरो यो निर्णयले पोल्नेछ । श्रीमती स्वर्गिय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवी बहिनीले पुरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही ब्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ । तर म प्रती साहनुभुती राख्ने, मलाई सदैव खुशी देख्न चाहने अनी संधै मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकहरुको आशिर्वाद, सदभाव र सुवेक्षाले म प्रती रिस र इर्ष्याको सोच राख्ने दुईचार जनाले स्वत: हार खानेछन् ।

अत: कोरोनाको सन्त्रासका बिच जुरेको खुशीको माहौलमा मैले मेरा धेरै मित्रहरु, गन्यमान्य ब्यक्तित्वहरु, संचारकर्मीज्युहरु लगायत मेरा आफन्तहरु समेतलाई सामेल गराउन असमर्थ हुनेछु । महामारीको यो माहौलमा सिमित ब्यक्तिहरुलाई साँक्षी राखी जीवनको नयाँ यात्रा सुरु गर्दै गर्दा तपाईंहरु सम्पूर्णले मलाई आशिर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वाश लिएकी छु ।

उही तपाईंकी छोरी/चेली

श्वेता खड्का”

०००

‘मेहन्दीको रङहरु सङ्गै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म …. ‘ लेख्दै स्वेताले सार्बजनिक गरिन लगनगाठो कस्नु अगाडीको पलहरु (फोटोफिचर)

अभिनेत्री स्वेता खड्काले आज मङ्सिर २२ गते धनगढीका विजेन्द्र सिंह रावतसंग लगनगाठो कस्दै छिन । विवाहको प्रारम्भमा हुने मेहन्दी कार्यक्रममा अभिनेत्री खड्का निक्कै खुसि देखिएकी छन ।

उक्त कार्यक्रममा खिचिएको केहि तस्विर आफ्नो सामाजिक संजालमा सार्बजनिक गर्दै स्वेताले लेखेकी छन – ‘ मेहन्दीको रङहरु सङ्गै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म …. । ‘ नया जीवनको लागी सबैले उनलाई शुभकामना समेत दिएका छन । पहिलो पति अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन पछी धेरै नै दुखि देखिएकी स्वेताको जीवनमा नया मोड आएको छ । उनको आगामी जीवनको लागि शुभकामना । तस्विरहरु हेर्नुहोस :

०००

रमेश प्रसाई र नन्दा सिंहको यसरी भयो धुमधामका साथ विवाह (भिडियो)

चर्चित पप्लिक स्पिकर रमेश प्रसाई नन्दा सिंहसँग विवाह बन्धनमा बाँधिएका छन्। रमेशले कालीकोटकी समाजसेवी नन्दा सिंहसँग लगनगाँठो कसेका हुन्।

पुर्वको रमणीय शहर धरानमा आयोजित बिवाह समारोहमा दुवै तर्फका नजिकका आफन्त, केही सञ्चारकर्मीहरु र केहि चर्चित व्यक्तित्वहरु पनि सहभाग थिए। उनीहरुको तीन वर्षको प्रेम सम्बन्धलाई सार्थकता दिदै रमेश र नन्दाले आज लगनगाठो कसेका हुन्।

पछिल्लो समय रमेशले गएको ‘रिंकेबुङको राँगो’ को बोलको गीत निक्कै भाइरल बनेको छ। यस अघि उनि एपीवान टेलिभिजनमा प्रसारित कार्यक्रम पब्लिक स्पिकरका विजेता पनि हुन् । त्यस्तै विभिन्न विषयमा सामाजिक संजाल मार्फत आफ्नो खरो धारणा दिदै आएका प्रसाई निक्कै चर्चित छन ।

रमेश प्रसाई र नन्दा सिंहको विवाह समारोहमा खिचिएको भिडियो तल हेर्नुहोस ।

को हुन् रमेश प्रसाईको दुलही ?

ताप्लेजुङ निवासी प्रसाईले कालिकोट डिल्लीकोटकी नन्दा सिंहसँग विहे गर्न लागेका हुन् । उमेरले २४ वर्षमा मात्रै भएकी कालीकोटकी नन्दा सिंह आफैँमा आँखा देख्दिनन् । दृष्टिविहिन उनि आफैलाई सहाराको खाचो भए पनि उनले एक दर्जन बालबालिकालाई सहारा दिदै आएकी छिन् । उनि समाजसेवी महिला समेत हुन् । उनले अभिभावक नभएका बालबालिकालाई सहारा दिँदै आएकी हुन् । बाल्यकालकी साथी गीता बस्नेतसँग मिलेर बालबालिकाको हेरचाहका लागि काठमाडौंमा ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था नन्दाले चलाउदै आएकी छन । संस्थाले अनाथ असहाय बालबालिकाको हेरचाह, पढाई र अन्य सबै जिम्मेवारी पुरा गर्दै आएको छ । बूढानीलकण्ठ नगरपालिकाको बालुवाखानीको एक घरको छिँडीमा चार कोठा भाडमा लिएर नन्दाले गरेको काम सामान्य मानिसले गर्नेभन्दा ठूलो छ ।