सुत्केरीका घरघरमै स्वास्थ्यकर्मी अभियान

सुत्केरीका घरघरमै स्वास्थ्यकर्मी अभियान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हिमाली जिल्ला म्याग्दीका सबै स्थानीय तहमा एकैपटक ‘प्रसूतिको घरघरमा स्वास्थ्यकर्मी’ अभियान शुरु भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका बेनी नगरपािलकासहित छवटै स्थानीय तहमा प्रसूतिपछि तीनपटक स्वास्थ्यचौकीमा जाँच गर्न आउनुपर्ने अवस्थाका सबै सुत्केरीको घरघरमा नै गएर शिशु र आमाको स्वास्थ्य जाँच गर्ने अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

प्रमुख लम्सालले यो अभियानले महिलाको प्रजनन अधिकारका बारेमा सचेतना फैलाउनुका साथै गर्भावस्थामा हुने जटिलताका कारण बढ्दै गएको मातृ मृत्युदरलाई कम गर्न सघाउ पुर्याउने जिकिर गर्नुभयो । अभियानलाई प्रभावकारी बनाउन छवटै स्थानीय तहका स्वास्थ्य संयोजकलगायत जिल्लाका ३९ वटै स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो ।

यस अभियानले विशेषगरी दुर्गम क्षेत्रका महिलालाई धेरै सहज हुने अभिमुखीकरण कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो । सोही अवसरमा प्रजिअ अधिकारीले स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न आग्रहसमेत गर्नुभएको थियो ।