विपन्न हुम्लीलाई खाद्यान्न सहयोग

विपन्न हुम्लीलाई खाद्यान्न सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हिमाली जिल्ला हुम्लामा पछिल्लो समय व्यक्तिगतरुपमा दलित तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । जिल्लाका सातवटै गाउँपालकिामा रहेका ती घरपरिवारलाई टसी फुञ्जोक लामा र सुस्मा गुरुङले सहयोग गर्नुभएको हो ।

उहाँहरु ‘हिमालयन गुगे अर्गनाइजेसन’ नामक संस्थामा कार्यरत रहेको बताइएको छ । जिल्लाका ४४ वडाभित्र रहेका दलित परिवारमध्ये छनोट गरी अतिविपन्न, अशक्त, एकल मलिा र अपङ्गता भएका व्यक्तिलाई खाद्यान्न सहयोग गरिएको लामाले जानकारी दिनुभयो । रु ५० देखि रु ६० हजारसम्मको आर्थिक लगानीमा शनिबार दिउँसो जिल्ला सदरमुकाम सिमकोट वितरण गरिएको छ ।

यसैबीच जुम्लामा रहेको प्राविधिक शिक्षालयमा पढ्न हिँडेका खार्पुनाथ गाउँपालिका वडा नं १ गोप्काका प्रकाश बुढा बिरामी परेका छन् ।