सुत्केरीलाई कुखुराको भाले र घ्यु

सुत्केरीलाई कुखुराको भाले र घ्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुत्करीलाई स्वास्थ्य संस्थामा पु¥याउनका लागि बाग्लुङको बरेङ गाउँपालिकाले पृथक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । गाउँपालिकाले कहिले घ्युको ठेकी त कहिले भाले सुत्केरी र गर्भवतीलाई बाँड्दै आएको छ ।

गत वर्ष सञ्चालन गरिएको सुत्केरीलाई कुखुराको भाले र घ्यु कार्यक्रम प्रभावकारी देखिएपछि यो वर्ष पनि उपहारको कार्यक्रमलाई गाउँपालिकाले निरन्तरता दिएको छ ।

संस्थागत सुत्केरी र मातृशिशु मृत्युदर कम गर्न गाउँपालिकाले कार्यक्रम बनाएको छ । साथै गर्भजाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने गर्भवतीलाई अण्डा तथा आयोडिन नून वितरण र ‘उपाध्यक्षसँग संस्थागत सुत्केरी उपहार कार्यक्रम’ चालू वर्षमा सञ्चालन गरेको छ ।

गाउँपालिका उपाध्यक्ष डिलकुमारी पुनले सुत्केरी र गर्भवतीका लागि गाउँपालिकाले यो कार्यक्रमअन्तर्गत घर–घरमै पुगेर भाले उपहार दिने गरेको बताउनुभयो ।

“कार्यक्रमले जाँगर पैदा गरेको छ, देख्दा सानो तर मातृशिशु मृत्युदर घटाउन प्रभावकारी मानेका छौँ”, गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भन्नुभयो,े “सानो उमेरमा गर्भ बोक्न हुन्न, समयमा घटना दर्ता गर्नुपर्छ र गर्भावास्थाको जाँच गर्नुपर्छ भन्ने सन्देश प्रवाह भएको छ ।”

चालू वर्षको पछिल्लो पाँच महिनामा सो गाउँपालिकामा ६१ सुत्केरीलाई भाले वितरण गरिएको छ । छुटेका केही सुत्केरीलाई वितरणको तयारी भइरहेको अध्यक्ष शर्माले बताउनुभयो ।