बलिउडका चर्चित कोरियाग्राफर तथा निर्देशक रेमो डिसुजालाई गत शुक्रबार दिउँसो हृदयघात भएपछि अस्पताल भर्ना गरिएको थियो । उनि अचानक त्यस्तो गम्भीर बिरामी भएपछि प्रशंसक निक्कै दुखि बनेका थिए ।
तर आज भने उनका प्रशंसकहरुलाई रिमोले खुसीको खबर दिएका छन । हृदयघात भएका उनको शल्यक्रिया पछी स्वास्थ्य अवस्था सुध्रिदै गएको छ । उनको स्वास्थ्यमा सुधार भएको प्रमाण दिन रिमोकि श्रीमती लिजेलले अस्पताल कै बेडबाट एउटा भिडियो सामाजिक संजालमा सार्बजनिक गरेकी छन ।
लिजेलले आफ्नो इन्स्टाग्राममा रिमोको खुट्टा पट्टिको भाग मात्र देखाउदै ‘खुट्टाले नाच्नु एउटा कुरा हो र मनले नाच्नु अर्को कुरा । रेमो डिसुजा…तपाईंहरु सबैको प्रार्थना र आशीर्वादका लागि ।’ लेखेकी छन् । जहा रिमोले म्युजिकको धुनसंगै आफ्नो खुट्टालाई नचाएका छन ।
उक्त भिडियो सार्बजनिक गर्दै लिजेलेले रेमोको शल्यक्रिया सफल भएको जानकारी पनि दिएकी छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।
प्रतिक्रिया