देवघाटमा बालिका आश्रम बन्दै

देवघाटमा बालिका आश्रम बन्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

देवघाटधाममा बालिका आश्रम बन्ने भएको छ । रु पाँच करोडमा निर्माण हुन लागेको आश्रम चलाउन महानगरले प्रतिष्ठानलाई आश्रमका लागि पााच कठ्ठा जमिनको भोगाधिकार दिएको छ । भवनमा ३२ कोठा रहनेछन् ।

भवन निर्माणका लागि यस वर्ष भरतपुर महानगरपालिकाले २० लाख, वाग्मती प्रदेशबाट २० लाख र वडा कार्यालयले तीन लाख बजेट विनियोजन गरेका छन् । प्रतिष्ठानका महासचिव रामेश्वरप्रसाद खनालले भवनमा कन्या गुरुकुलम सञ्चालन गरिने लक्ष्य रहेको बताउनुभयो ।

उहाँका अनुसार १०८ जनालाई आवासीय रुपमा गुरुकुल शिक्षा दिने योजना रहेको छ । ‘वेद, भागवत, शास्त्रको ज्ञाता र संस्कारसहितको शिक्षा दिन भवन सहयोगी हुनेछ’, उहाँले भन्नुभयो,“स्रोत जुटेमा भवनको सबै संरचना छिट्टै बनाइनेछ ।”उहाँले यो वर्ष भवनको पहिलो तला निर्माण सक्ने लक्ष्य रहेको बताउनुभयो । रामजानकी बालिका आश्रममा हाल ३२ जनाले आवासीय सुविधा लिएका छन् । आश्रमकी अध्यक्ष सावित्री टण्डनले ३९ बालिकालाई परिवारको खोजी गरी परिवारमा पुनःस्थापना गरिएको बताउनुभयो ।

आश्रममा १५० भन्दा धेरै दैनिक भोजन गराउने अभिभावकका रुपमा सूचीकृत भइसकेका छन् । आश्रम सञ्चालनमा मासिक डेढ लाख खर्च हुने गरेको टण्डनले बताउनुभयो । आश्रममा २१ जिल्लाका बालिका आश्रित छन् ।