काँग्रेसद्वारा संसद् बैठक बोलाउन माग

काँग्रेसद्वारा संसद् बैठक बोलाउन माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सङ्घीय संसद्को अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ । काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी मङ्सिर ३० गते जारी अध्यादेश संविधानको मर्म र भावनाविपरीत रहेकोे ठहरसमेत गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले संसद् अधिवेशन छलेर संविधानको मर्मविपरीत अध्यादेश जारी गरेर सरकारले अलोकतान्त्रिक चरित्र थप उजागर गरेको आरोप लगाएको छ ।

संवैधानिक परिषद्को गरिमा समाप्त पारेर जारी अध्यादेशपश्चात् कुनै पनि निर्णय भएको या गरिने दुवै स्थितिमा काँग्रेसलाई सो मान्य नहुने चेतावनी दिँदै बैठकले अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकले संवैधानिक परिषद्सम्बन्धी जारी अध्यादेश एवं अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न काँग्रेस संसदीय दल कार्यसमिति बैठक यही पुस ३ गते बोलाउने निर्णय गरेको छ । गत मङ्सिर २९ को देशव्यापी प्रदर्शनले सर्वसत्तावाद, तनहुँमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्र्यवहार, कोभिड–१९ विरुद्ध सरकारको अकर्मण्यता र भ्रष्टाचारविरुद्ध व्यापक जनअभिमत प्रकट गरेको निष्कर्षसहित बैठकले सहभागी सबैमा बधाई ज्ञापन गरेको उहाँले बताउनुभयो ।

बैठकले उखु किसानको माग सुनुवाइ गरेर उखुको बक्यौता अविलम्ब चुक्ता गर्न गराउन आवश्यक पहल र समन्वयका लागि सरकारसँग माग गरेको छ । रासस