गाउँपालिकालाई एम्बुलेन्स प्रदान

गाउँपालिकालाई एम्बुलेन्स प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी, २ पुस । केआइसिंह गाउँपालिलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । नेपाली जनसम्पर्क मञ्च नर्वेका अध्यक्ष तथा वडा नं ५ का बासिन्दा जीतेन्द्र शाहीको पहलमा उपलब्ध गराइएको एम्बुलेन्स गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीलाई आज हस्तान्तरण गरिएको हो ।

अध्यक्ष शाहीका बुबा दीलबहादुर शाहीले गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभएको हो । कोरोना कहरका समयमा विदेशमा रहेर पनि जिल्लावासीलाई विभिन्न औषधि तथा आर्थिक सहयोग गर्दै आउनुभएका शाहीले गाउँपालिकामा आफ्नो पहलमा एम्बुलेन्स प्रदान गर्नु भएपछि यहाँका नागरिक निकै खुशी भएका स्थानीयवासी चेतराज भट्टले बताउनुभयो ।

एम्बुलेन्स आएपछि अब गाउँका दुर्गम क्षेत्रमा नागरिक बिरामी पर्दा अस्पतालसम्म पु¥याउन नसकेर घरमै ज्यान गुमाउनुपर्ने समस्याको अन्त्य हुने गाउँपालिका अध्यक्ष शाहीले बताउनुभयो । रासस