लामो समयको रस्साकस्सीपछि अन्ततः एकलैनी बजार विस्तारको काम हुँदै

लामो समयको रस्साकस्सीपछि अन्ततः एकलैनी बजार विस्तारको काम हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, २ पुस । लामो समयको रस्साकस्सीपछि अन्ततः यहाँको एकलैनी बजार क्षेत्र विस्तारको काम शुरु गरिएको छ । दुई दशक पुरानो एकलैनी विस्तार योजना कहिले बजेट अभाव तथा कहिले स्थानीयवासीको अवरोधका कारण अघि बढ्न सकेको थिएन । वडा कार्यालयको समन्वयमा स्थानीयवासीलाई सहमतिमा ल्याइएपछि बाटो विस्तारको काम शुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो ।

उक्त बजार क्षेत्रमा दुई छेउ नालासहितको सात मिटरको पक्की सडक निर्माणको काम शुरु गरिएको र दुई महिनाभित्र सक्ने योजना नगरपालिकाले तय गरेको छ । पहिलो चरणमा रु आठ करोडमा योजनाको काम थालिएको छ । योजनाअन्तर्गत नाला र सडक निर्माणका लागि उपमहानगरपालिकाको आन्तरिक कोषबाट कूल झण्डै रु २२ करोड छुट्याइएको नगर प्रमुख राणाले जानकारी दिनुभयो ।

राज्यको नयाँ प्रशासनिक संरचनाअनुसार नेपालगञ्जका स्थानीय तहमा जनप्रतिनिधि आएर काम गर्न लागेको तीन वर्ष पुग्न लाग्दासमेत विवादका कारण एकलैनी बजार क्षेत्र विस्तार योजनाको काम अभैm अघि बढ्न सकेको थिएन । “लामो समयको खिंचातानीपछि अहिले एकलैनी क्षेत्रका बासिन्दा घर भत्काउन सहमत भएका छन्”, वडा नं ३ का वडाध्यक्ष मोहम्मद आयुब सिद्दीकीले भन्नुभयो ।

नेपालगञ्ज सानो हुँदा सबै कारोवार एकलैनी बजारबाट हुने गथ्र्यो । समयक्रमसँगै बजारले आकार लिँदै गए पनि यो क्षेत्र भने खुम्चिएकै स्वरुपमा छ । मोटर जान नसक्ने तीन मिटरभन्दा सानो बाटो, अव्यवस्थित पसल, फोहरमैला विसर्जनका लागि स्थान अभावलगायत साँघुरोपनको अवस्था एकलैनीले वर्षौंदेखि भोग्दै आएको छ । अर्कोतर्पm एकलैनी बजार विस्तार हुन नसक्दा यो क्षेत्रबाट शृङ्गार प्रसाधन र दैनिक उपभोग्य वस्तुका पसलबाहेक अन्य पसल विस्तारित क्षेत्रमा सर्दै गएका छन् ।

झण्डै पाँच हजार घरधुरीको बसोबास रहेको यो बजार क्षेत्रमा योजनाअन्तर्गत चौडा सडक र नाला निर्माण हुने योजना रहेको नगर प्रमुख राणाले बताउनुभयो । नयाँ योजनानुसार छ मिटरको सडक र सडकका दुई छेउ एक÷एक मिटरको सतही नाला निर्माण गरिनेछ । त्यसका साथै खानेपानीको नयाँ पाइप लाइन, विद्युत् र टेलिफोन सेवाको विस्तारसमेत हुने जनाइएको छ । रासस