श्रीराम सुगर मिल्सले शुक्रबारदेखि भुक्तानी दिने

श्रीराम सुगर मिल्सले शुक्रबारदेखि भुक्तानी दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ पुस । उखु किसानले भुक्तानीका आन्दोलन गरिरहेका बेला श्रीराम सुगर मिल्सले यही पुस ३ गतेदेखि भुक्तानी दिन शुरु गर्ने भएको छ । सो उद्योगले आफूले भुक्तानी दिन बाँकी रकम पनि सार्वजनिक गरेको छ ।

सो मिल्सले आज जारी गरेको विज्ञप्तिमा गत आर्थिक वर्षमा खरिद गरेको मध्ये रु २५ करोड ९० लाख त्रिपन्न हजार पाँच सय पच्चीस भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ । उक्त भुक्तानी पुस ८ गतेभित्र भुक्तानी गरिसक्ने प्रतिबद्धता पनि सो उद्योगले गरेको छ । रासस