भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको रु पाँच लाख बराबरको सामान बरामद

भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको रु पाँच लाख बराबरको सामान बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २ पुस । कैलालीमा सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको रु पाँच लाख बराबरको इलेक्ट्रोनिक सामान र मोटरसाइकल आज बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण कैलाली र मातहत बिओपि खक्रौलाबाट खटिएको प्रहरी टोलीले टिकापुर नगरपालिका–८ सत्तिचोक इलाकाबाट भन्सार छली ल्याएको मूल्य रु चार लाख ९९ हजार ४६० बराबरको इलेक्ट्रोनिक सामान र मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण कैलालीले जनाएको छ । बरामद गरिएको सामान र मोटरसाइकल आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइएको छ । रासस