गोरखा ताकुकोटमा बहुउद्देश्यीय सभागृह बन्दै

गोरखा ताकुकोटमा बहुउद्देश्यीय सभागृह बन्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, ३ पुस । बारपाक सुलिकोट गाउँपालिका–६ स्थित ताकुकोटमा सुविधा सम्पन्न बहुउद्देश्यीय सभाहल निर्माण हुने भएको छ ।

करिब रु एक करोड २२ लाखको लागतमा सभाहल निर्माण हुन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिनुभयो ।

सभाहल निर्माणका लागि सिराइचुली निर्माण सेवा कम्पनीसँग ठेक्का सम्झौता गरी काम अघि बढाइएको उहाँले बताउनुभयो । “आउँदो जेठ मसान्तसम्म निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको हो”, प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भन्नुभयो, “तोकिएका समयमा निर्माण सम्पन्न गर्न कम्पनीलाई निर्देशन दिएका छाँै ।” प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा हल निर्माण गर्न लागिएको उहाँको भनाइ छ ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले बिहीबार सभाहलको शिलान्यास गर्नुभयो । सो अवसरमा मन्त्री बस्नेतले तोकिएको समयमा निर्माणको काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो । उहाँले विकास निर्माणको काममा कसैले आलटाल गर्न नहुने बताउनुभयो ।

गाउँपालिकाभित्र सुविधा सम्पन्न सभाहल नहँुदा विभिन्न खालका कार्यक्रम, सेमिनार, गोष्ठीलगायत सञ्चालन गर्न समस्या हँुदै आएको छ । रासस