विस्तार गरिँदै जुम्ला विमानस्थल

विस्तार गरिँदै जुम्ला विमानस्थल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खलङ्गा, ३ पुस । सदरमुकाम खलङ्गास्थित जुम्ला विमानस्थल विस्तारका लागि काम अघि बढेको छ । सो विमानस्थल विस्तारका लागि सर्भेलगायत कार्य तीव्र बनाइएको नागरिक उड्डयन प्राधिकरण जुम्लाका कार्यालय प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विमानस्थल चालू आवदेखि बहुवर्षीय आयोजनाका रुपमा विमानस्थल विस्तारको काम शुरु भएको छ ।” कर्णालीका हिमाली जिल्लाको विमानस्थलमध्ये जुम्ला विमानस्थल सबैभन्दा सहज विमानस्थल मानिएको छ ।

बढी चाप भएको भन्दै विमानस्थल विस्तारका लागि सङ्घीय सरकारले यो वर्ष रु एक करोड बजेट विनियोजन गरेको छ । सङ्घीय सरकारको शेयर लगानीमा धावनमार्ग विस्तारका लागि अध्ययन भइरहेको नागरिक उड्डयन प्राधिकरण जुम्लाले जनाएको छ । विस्तृत अध्ययनका लागि यो वर्ष रु १७ लाख ६९ हजार बजेट विनियोजन गरिएको छ । प्राधिकरणको आफ्नै स्रोतबाट विमानस्थलमा ‘फायर सेड’ निर्माणको काम गत वर्षदेखि भइरहेको कार्यालय प्रमुख सिंहले बताउनुभयो ।

जुम्लाबाट जहाजमा यात्रा गर्ने यात्रुको चाप बढ्दै गएकाले लामो समयदेखि विमानस्थल विस्तारको माग गरिएको चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले बताउनुभयो । लामो प्रयासपछि विमानस्थल विस्तारको कामले गति लिएको नगर प्रमुख सेजुवालले बताउनुभयो । जुम्लावासीको हवाई यात्रा सहज र गुणस्तरीय हुने विश्वास रहेको सेजुवालले बताउनुभयो । जुम्ला विमानस्थलमा नियमितरुपमा १६ सिटे जहाज अवतरण हुने गरेका छन् । अहिले सीता, तारा र समिट एयरलाइन्सका साना जहाज चलिरहेकामा विमानस्थल विस्तार भएपछि अन्य निजी कम्पनीका ठूला जहाज पनि सञ्चालनमा आउने आशा गरिएको स्थानीयवासी हर्क शाहीले बताउनुभयो । रासस