घाइते जीवजन्तुको उपचार गर्न मेचीनगरमा आवास गृह सञ्चालनमा

घाइते जीवजन्तुको उपचार गर्न मेचीनगरमा आवास गृह सञ्चालनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ३ पुस । प्रदेश नं १ मै पहिलोपटक घाइते जीववन्तुको हेरचाह र संरक्षण गर्ने उद्देश्यले मेचीनगरमा ‘होप फर एनिमल्स नेपालले’ उपचारसहितको आवास गृह सञ्चालनमा ल्याएको छ ।

मेचीनगर नगरपालिका–६ स्थित रमाइलो बस्तीमा स्थानीयले निःशुल्क दिएको एक कठ्ठा जमिनमा टीनले बेरेर बाँसको कमाउण्डवालसहितको अस्थायी आवास गृह सञ्चालनमा ल्याइएको हो । रोगी, बिरामी, असहाय, अशक्त तथा घाइते जीवजन्तुको उपचार तथा व्यवस्थापनका लागि गृह सञ्चालनमा ल्याइएको ‘होप फर एनिमल्स नेपाल’ का अध्यक्ष डा मनिषा सुवेदीले बताउनुभयो ।

पहिलो चरणको कार्यक्रमअन्तर्गत नेपालले ७०० बढी सामुदायिक कुकुरलाई घाँटीमा टल्कने हरियो बेल्ट लगाउने काम गरेको बताउनुभयो । “धेरै सामुदायिक कुकुर रातको समयमा सडक दुर्घटनामा घाइते हुने गरेका छन्”, उहाँले भन्नुभयो, “हरियो बेल्ट टल्कने हुँदा टाढैबाट सवारी चालकले उसलाई देख्छ र दुर्घटना हुनबाट जोगाउँछ, त्यसो गर्दा एकातिर कुकुरका कारण हुने दुर्घटना पनि कम हुन्छ र उ पनि जोगिन्छ ।”

उहाँले मानिसले जस्तै जनावरले पनि खाना, बस्न र उपचार पाउनुपर्ने हुँदा सो व्यवस्थासमेत आवास गृहमा गरिने डा सुवेदीको भनाइ छ । उहाँले टोलटोलमा गएर स्थानीयवासीलाई बेवारिसे चौपाया र सामुदायिक कुकुरलाई खानाको समेत व्यवस्था गर्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीसँग अस्थायी बासस्थानका लागि मात्र जग्गा भएका कारण घाइतेलाई राखेर उपचार गरिरहेका छौँ, भविष्यमै यसलाई व्यवस्थित गरेर बेवारिसे जनावर पनि राख्ने व्यवस्था मिलाउछौँ ।” हाल आवास गृहमा सडक दुर्घटनामा परेर घाइते र एनिमिया रोगका कुकुरसहित विभिन्न २२ जनावरलाई राखेर उपचार शुरु गरिएको छ ।

पूर्वी नाका काँकडभिट्टाबाट शुरु गरिएको यस अभियानलाई प्रदेश भरि नै सञ्चालन गर्ने तयारी गरिरहेको उहाँले जनाउनुभयो । हाल आवासमा चिकिसत्कले निःशुल्क सेवा दिइरहेका छन् । रासस