जोरबिजोर प्रणाली हटेसँगै सडकमा जाम

जोरबिजोर प्रणाली हटेसँगै सडकमा जाम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ पुस । सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटेसँगै सडकमा जाम र भीडभाडका कारण स्वास्थ्य चुनौतीसमेत थपिएको छ ।

मङ्सिरदेखि नै सबै क्षेत्र खुल्न थालेपछि जोरबिजोर प्रणाली कायम गरी सवारी चलाउँदा भीड बढेर कोरोना फैलने खतरा बढेपछि सबै चल्न दिएको यातायात व्यवस्था विभागले जनाएको छ । सबै यातायात चल्न थालेपछि अनुगमनलाई पनि बढाइने विभागका महानिर्देशक गोगनबहादुर हमालले राससलाई जानकारी दिनुभयो ।

सबै सञ्चालनमा आएपछि बिहान बेलुका कार्यालय जाने आउने समयमा ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेको छ । राजधानीमा सडक विस्तार एवं निर्माण र मर्मतसम्भारका कामसमेत भइरहेकाले पनि सबै सवारी नौ महिनापछि सञ्चालनमा आउँदा कोरोना महामारी छैन कि जस्तो लाग्न थालेको यात्रु शुक्रबहादुर तामाङले बताउनुभयो ।

सबै सवारी सञ्चालनमा आउन थालेपछि सीट क्षमताअनुसार मात्र यात्रु राख्न दिए स्वास्थ्य सुरक्षा कायम गर्न सकिने अधिकांश यात्रुको भनाइ छ । यसतर्फ विभागले ध्यान दिनुपर्ने यात्रु तामाङको माग छ । सार्वजनिक सवारीमा परिचालकले यात्रु कोच्ने गरेकाले कोरोनाबाट जोगिन मुस्किल हुने देखिएको यात्रु गीता सापकोटाको गुनासो छ

यात्रु ओर्लने बेलामा परिचालक ढोकामै बस्ने, परिचालकले मास्कसमेत नलगाउने, चालकले समेत ट्राफिकको नजिक पुगेपछि मात्र मास्क लगाउने जस्ता गतिविधि सार्वजनिक यातायातमा देखिन थालेको उहाँको भोगाइ छ । रासस