नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय विवाद महिनौ चलिरहेको सर्बबिदितै छ । केन्द्रमा देखिएको नेकपाको विवाद जिल्ला तहको विद्यार्थी संगठनमा समेत देखिएको छ ।
केन्द्रमा झैँ जिल्लामा समेत गुटगत भेला गरेको भन्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका विद्यार्थी नेता र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का सह–अध्यक्ष रन्जित तामाङ बीच म्याग्दीमा भनाभन भएको हो ।
पूर्व क्रान्तिकारीका जिल्ला उपाध्यक्ष यामनाथ पौडेलको शोकसभामा सहभागी हुन गएका तामाङले आफ्नो गुटकालाइ मात्र सहभागी गराएर शुक्रबार विहान पत्रकार सम्मेलन गरेको अनेरास्ववियू म्याग्दीका अध्यक्ष सुवास विश्वकर्माले आरोप लगाएका छन ।
जिल्लाका सबै नेताहरुलाई जानकारी भएको बताउँदै सत्ताको दम्भ देखाएर अराजकता मच्चाएको पूर्व माओवादी निकट विद्यार्थीको आरोप थियो । विवादमा केहीबेर धकेला–धकेलसमेत भएको थियो ।
भिडियो हेर्न यहा क्लिक गर्नुहोस ।
प्रतिक्रिया