खोलाबेसीमा मोटरेबल पुल निर्माण गरिने

खोलाबेसीमा मोटरेबल पुल निर्माण गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी, ५ पुस । पोखरा महानगरपालिका– ३१ मा पर्ने खोलाबेसीमा मोटरेबल पुल निर्माण गरिने भएको छ । आगामी वैशाख महिनाभित्र निर्माण सम्पन्न गरिने १६ मिटर लम्बाइ र ८.४ मिटर चौडाइको सो पुल महानगरको रु दुई करोड १२ लाखको लागतमा निर्माण गरिने भएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शनिबार पुलको शिलान्यास कार्यक्रममा पूर्वाधार निर्माणलाई उत्पादनसँग जोड्नु पर्ने बताउनुभयो । विकटलाई निकटमा ल्याउने लक्ष्यका साथ महानगरपालिकाले आवश्यकतानुसार सडक निर्माणलाई प्राथमिकतामा राखेको बताउँदै उहाँले विकास निर्माणमा सबैको साथ र सहयोगको आवश्यकता औँल्याउनुभयो ।

पोखरा–३१ का वडाअध्यक्ष कमलबहादुर थापाले खोलाबेसी पुल यस क्षेत्रको समृद्धिको आधार भएको उल्लेख गर्दै तोकिएको समय र गुणस्तरमा कुनै पनि सम्झौता नहुने बताउनुभयो ।

कार्यक्रममा स्थानीय समाजसेवी कृष्णप्रसाद आचार्य, जग्गादाता रामचन्द्र सुवेदी र सचिव कमल सुवेदी लगायतले पुल निर्माणले पोखरा २८ को पूर्वीभेग र मादी गाउँपालिकाको मकैखोलाका स्थानीय बासिन्दालाई आवतजावतमा सुविधा पुग्ने जानकारी दिनुभयो । रासस