बबई नदीको झोलुंगे पुल मुनि झुण्डीएर टिकटक भिडियो बनाउने हर्कत गर्दा यसरी खसे (भिडियो सहित)

बबई नदीको झोलुंगे पुल मुनि झुण्डीएर टिकटक भिडियो बनाउने हर्कत गर्दा यसरी खसे (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टिकटकले गर्दा सामाजिक संजालमा विभिन्न हर्कतहरु देखिदै आएकै हो । विशेष गरि युवायुवतीहरु टिकटकमा भाइरल हुनका लागि विभिन्न अनौठो क्रियाकलाप गर्दै आएका छन ।

यस्तै टिकटक बनाउने क्रममा एक युवा गम्भीर घाइते भएका छन । दाङको तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका २४ वर्षीय रमेश थापा बबई गाउँपालिका-५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुङ्गे पुल मुनि झुण्डीएर टिकटक बनाउने क्रममा लडेर गम्भीर घाइते भएका हुन् । घटना शनिबार दिउँसो सवा २ बजे तिरको हो ।

साथीहरुसंग पर्यटकीयस्थल पुरन्धारा झरनामा पिकनिक खान गएका उनीहरु बबई नदी माथिको झुलुङ्गे पुलमा टिकटक बनाउन गएका थिए । तर रमेश थापाले उत्श्रीन्खलता प्रदर्शन गर्दै पुल मुनिको सपोर्ट तारमा झुण्डिने दुस्साहस गरे ।

उनि तारमा झुण्डीसके पछि फर्कनलाई धेरै कोशिस गरेको भिडियोमा देख्न सकिन्छ । तर उनको हात गल्दै गए पछी हात छोड्छन र २० मिटर तल बगरमा बजारिन पुग्छन । उनि झुण्डिएको माथि ५-७ जना साथीहरु पनि देखिन्छ तर उनीहरुले खासै सहयोग गर्न सकेनन ।

गम्भीर घाइते थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ। उनको टाउको, अनुहारलगायतमा शरीरका विभिन्न भागमा चोटपटक लागेको छ ।

भिडियो हेर्न यहा क्लिक गर्नुहोस