राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ समेतका आधारमा विद्यमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि निर्वाचनको मिति तोक्नुभएको छ ।

राष्ट्रपतीको कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीले आज जारी गर्नुभएको विज्ञप्तिमा संसदीय प्रणालीको मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकको अभ्यासबमोजिम सङ्घीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी पहिलो चरणमा २०७८ वैशाख १७ गते र दोस्रो चरणमा वैशाख २७ गते अर्काे प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेगरी तोक्नुभएको नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भई प्रधानमन्त्रीबाट सिफारिस भएकाले सो मिति तोकिएको जनाइएको छ ।

आज बिहान भएको मन्त्रिपरिषद्को बैठकको निर्णयका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो सिफारिस गर्नुभएको हो । गत २०७४ मङ्सिर ४ गते विद्यमान प्रतिनिधिसभाको निर्वाचन भएको थियो ।

विज्ञप्ति हेर्नुहोस :