बारीमा फलेको सुन्तला टिप्दै (फोटो फिचर)

बारीमा फलेको सुन्तला टिप्दै (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीस्थित तोरीबारी । जिल्लामा तोरी खेतीतर्फ कृषकको आकर्षण घट्दो छ । तस्वीर ः कृष्ण न्यौपाने÷ रासस

म्याग्दीको रघुगंगा गाउँपालिका–४ अजिङ्गर भीरमा सडक निर्माणमा जुटेका युवा । वडा नम्बर ४ को दरमिजासँगै वडा ७ चिमखोला, वडा ८ कुइनेमङ्गले क्षेत्रलाई गाउँपालिकाको केन्द्रसँग सडक सञ्जालले जोड्न गाउँपालिका र जलविद्युत निर्माण गर्ने तुँदी पावर कम्पनीको सहकार्यमा अक्करे पहाडमा सडक निर्माणका कामले तीव्रता पाएको छ । तस्वीर ः कमल खत्री÷रासस

डोटीको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौका किसान देवबहादुर बोहराले गर्नुभएका कालिजपालन । तस्वीर ः विमलबहादुर विष्ट÷रासस

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका– ७ सुर्खेत टेलिकमस्थित सडक बीचमा रहेका विद्युतका पोल नहटाएरै कालोपत्रेका लागि तयार गरिँदै । तस्वीर ः शुरबहादुर सिंह÷रासस

बागलुङ नगरपालिका–१ रामरेखामा आइतबार एक फार्मले वितरण गरेको प्याजको बिरुवा लिन लागेको सर्वसाधारणको भीड । गत वर्षभन्दा यस वर्ष बिरुवा उत्पादन कम भएकाले उनीहरु भीड लागेका हुन् । तस्बिरः तारानाथ आचार्य÷रासस

ताप्लेजुङको फुङलिङ नगरपालिका–९ का वडासदस्य तारा गुरुङ आफ्नै सौसले गाउँको घरमा राडी बुन्दै । गुरुङ समुदायले भेडीको ऊनबाट बनेको राडी शुभलाभको प्रतिकका रुपमा लिने गर्दछन् । पछिलो समय भेडी गोठ विस्तावित हुँदै गएसँगै राडी बन्ने प्रचलन पनि लोप हुँदै जाने क्रममा छ । तस्बिर ः दिलकुमार लिम्बु÷रासस

इलामको सूर्योदय नगरपालिकाको केन्द्र रहेको फिक्कल बजार क्षेत्र । स्थानीय तहको केन्द्र घोषणा भएपछि फिक्कल बजारमा जग्गा खरिद बिक्रीसँगै घर निर्माणमा तिब्रता पाएको छ । तस्बिर ः गंगा पराजुली÷ रासस

भोजपुरको टेम्केमैयुङ गाउँपालिका– १ तिम्माका स्थानीयवासीले घर तथा सार्वजनिकस्थलमा हुने प्लाष्टिक फोहोर व्यवस्थापनका लागि बुनेको (भुकान) अर्थात फोहोर हाल्ने टोकरी । तिम्मावासी सिक्की संघ नेपाल दर्ता गराएर १८ वर्ष अघिबाट प्लाष्टिक फोहोर व्यवस्थापनमा जुटेका छन् । तस्बिर ः युवराज विष्ट÷रासस

डोटी जिल्लाको केआईसिंह गाउँपालिका वायल गाउँका किसान जहरसिँह खवास आफ्नो बारीमा फलेको सुन्तला टिप्दै । यस वर्ष डोटीमा सुन्तला उत्पादन वृद्धि भएपनि कोरोना कहरका कारण बजारीकण नभएको भन्दै किसान चिन्तित बनेका छन् । तस्वीरः सिद्धराज भट्ट, रासस