गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा (बालल) निकट समूहले पनि संसद् विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको छ ।
सोमबार पुल्चोकमा भएको भेलामा बादल समूहका नेताहरुले गम्भीर र असंवैधानिक राजनीतिक घटनामा मुकदर्शक भएर बस्न नहुने बताएका छन । उनीहरुले संसद् विघटन प्रतिगामी कदम भएको पनि बताएका छन् । यो समूहले नेकपाको केन्द्रीय कमिटीमा आफूहरुको करिब ४० सदस्य रहेको दाबी गर्दै आएको छ ।
हिजो आइतबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सात मन्त्रीले सामुहिक राजीनामा दिदा गृहमन्त्री बादलले भने दिनु भएको थिएन । राजिनामा नदिए पछि बादल ओली पक्षका भनेर बुझीए पनि उनि अहिले ओलीको विपक्षमा उभिएका छन ।
बादल समूहसँग १ दर्जन सांसद भएको बताइन्छ ।
प्रतिक्रिया