हुम्लाको सदरमुकाम सिमकोटस्थित विमानस्थलको घेराबार अन्तिम चरणमा

हुम्लाको सदरमुकाम सिमकोटस्थित विमानस्थलको घेराबार अन्तिम चरणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमकोट, ७ पुस । हुम्लाको सदरमुकाम सिमकोटस्थित विमानस्थलको घेराबार अन्तिम चरणमा पुगेको छ । गत मङ्सिरको पहिलो साता हल्का हिमापात भएपनि त्यसपछि हिमपात नहुनु र निर्माण कम्पनी पक्षले सम्झौता अवधिमै कार्यसम्पन्न गर्ने योजना बनाएकाले उक्त काम अन्तिम चरणमा पुगेको हो ।

बिहानदेखि बेलुका अबेरसम्म काम गरिएपछि विमानस्थल घेराबारको काम ८० प्रतिशत पूरा भएको बानियाँ निर्माण सेवा प्रालि हेटाँैडाका प्रतिनिधि दानबहादुर रावलले बताउनुभयो । दश वर्ष अगाडि निर्माण भएको घेराबार जीर्ण र विमानस्थलमा चौपाय विमानस्थलभित्र जान थालेपछि घेराबार थालिएको हो । कूल एक हजार ४१० मिटरमध्ये हालसम्म एक हजार १०० मिटर घेराबार कार्य सम्पन्न भएको छ ।

तातोपानी कुण्डमा नुहाउँने बढे

हिउँद शुरुसँगै जिल्लाका तातोपानी कुण्डमा नुहाउँने बढ्न थालेका छन् । खार्पुनाथ गाउँपालिकाको खार्पुको तातोपानी कुण्डमा यतिबेला तातोपानी नुहाउने र कुण्ड बस्नेको सङ्ख्या बढेको छ । त्यहाँ दैनिक पाँचदेखि दश जनासम्म नुहाउने र तातोपानीको बाफ लिन आउने गरेको स्थानीयवासी सम्झना शाहीले बताउनुभयो ।

कर्णाली नदी नजिकका तातोपानी कुण्डमा महिला, वृद्धवृद्धा र बाथरोगका बिरामी आउने गरेका छन् । बाथ तथा छाला सम्बन्धी रोगी तातोपानी कुण्डमा नुहाउँदा उपचार हुने मान्याताले टाढाटाढा गाउँबाट पनि मानिस आउने गरेको शाहीले बताउनुभयो । खार्पुमा नुहाउन तथा बाफ लिन राहदेव फुचा, दुर्पा, ठेहे ताक्लालगायतका गाउँबाट आउने गरेको अर्का स्थानीयवासी धीरु भण्डारीले बताउनुभयो ।

हुम्लामा चखेलीको दर्बी, सर्केगाडको उनापानी, खार्पुनाथको खार्पु र नाम्खाको केर्मीमा तातो पानी कुण्ड छन् । स्थानीयवासी एक सातादेखि दश दिनसम्म तातोपानी कुण्डमा बस्ने गर्दछन् । रासस