हेटौँडमा करीब रु तीन करोडको लागतमा ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर’ सञ्चालनमा

हेटौँडमा करीब रु तीन करोडको लागतमा ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर’ सञ्चालनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाग्मती, ७ पुस । वाग्मती प्रदेशको राजधानी हेटौँडमा करीब रु तीन करोडको लागतमा ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर’ सञ्चालनमा आएको छ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि भक्तपुरले सो स्टोर सञ्चालनमा ल्याएको हो ।

स्टोरबाट घरायसी, खाद्यान्न, विद्युतीय सामग्री, कपडा, पेयपदार्थलगायत वस्तु बिक्री गरिने लिमिटेडका क्षेत्रीय प्रबन्धक युवराज थापाले जानकारी दिनुभयो ।

हेटौँडा उपमहानगरपालिका–४ पारिजातपथमा रहेको स्टोरको शुभारम्भका अवसरमा यही पुस महिनाभर हरेक सामानका खरीदमा तीन प्रतिशत छुट दिइएको जनाइएको छ । यस किसिमका स्टोर यसअघि डडेल्धुरा, चितवनको भरतपुर र टाँडी, सुर्खेत, कैलालीको अत्तरिया, बाग्लुङ र उदयपुरको गाईघाटमा सञ्चालनमा रहेको छ ।
विद्यालय भवन उद्घाटन

उपमहानगरपालिकाको विकट क्षेत्र मानिने वडा नं १६ शक्तिखोलास्थित विपी प्राथमिक विद्यालयको दुई कोठाको भवन निर्माण सम्पन्न भएको छ भने सोही विद्यालयमा थप चारकोठे भवन निर्माण काम शुरु भएको छ ।

नवनिर्मित भवनको उद्घाटन तथा अब बन्ने चारकोठे भवनको आज उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले शिलान्यास गर्नुभयो ।

उपमहानगरपालिकाको रु सात लाख लागतमा दूइकोठे भवन तयार भएको हो । त्यसैगरी रु ४९ लाख लागतमा अपाङ्गमैत्री शौचालयसहितको चार भवन निर्माण गर्न लागिएको हो । सो अवसरमा उपमहानगरपालिका प्रमुख महतले विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन अध्यापन गराउन सुझावसमेत दिनुभयो । रासस