माधव कुमार नेपाल बने नेकपाको अध्यक्ष

माधव कुमार नेपाल बने नेकपाको अध्यक्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बैठकले माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाउने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको हो।

आज बबरमहलस्थित कार्की ब्याङ्केटमा भएको बैठकमा ४४७ मध्ये ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको प्रचण्ड-नेपाल समूहको दाबी छ। बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल र पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बोलिसक्नुभएको र अध्यक्ष दाहालले बोल्दै हुनुहुन्छ । आजको दुवै बैठकमा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा उपस्थित हुनुभएको छैन । प्रतिनिधिसभा विघटन भएपछि नेकपाका दुई समूहले आज छुट्टाछुट्टै केन्द्रीय कमिटी आह्वान गरेका छन् । यसअघि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको थियो । तत्कालीन नेकपा (एमाले ) र नेकपा (माओवादी केन्द्र)बीच एकता भई २०७५ जेठ ३ गते नेकपा गठन भएको थियो ।