राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा डा युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाको आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा २८२ बमोजिम पूर्वअर्थमन्त्री डा खतिवडालाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत आज जानकारी दिनुभएको छ ।
प्रतिक्रिया