नेकपाको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनको एक हलमा संसदीय दलको बैठक सुरु भएको हो । यस बैठकले पुष्पकमल दाहाललाई आफ्नो समूहको संसदीय दलको नेता चयन गर्ने जनाइएको छ । हिजो पुस ७ गतेको केन्द्रिय कमिटि बैठकमा माधवकुमार नेपाललाई आफ्नो समूहको अध्यक्ष चयन गरेको छ ।
प्रतिक्रिया