चिनियाँ राजदूत होउ यान्छी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेकी छन् ।
नेकपा टुक्रिने अवस्थामा पुगेको बेला चिनियाँ राजदूत यान्छी खुमल्टार पुगेकी हुन् । उनि बिहिबार बिहान ९ : ३० बजे तिर प्रचण्ड निवास पुगेको र २०-२५ मिनेट जति कुराकानी गरेर फर्किएको बुझिएको छ । राजदूत यान्छीले प्रचण्डसँग समसामयिक विषयमा कुरा भएको जनाइएको छ ।
यस अघि पनि नेकपा विवाद हुदा राजदुत यान्छीको सक्रियता देखिएको थियो । केहि दिन अगाडी राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेकी थिइन् ।
प्रतिक्रिया