जनकपुरधाममा मिथिला डिपार्टमेन्टमा भीषण आगलागी

जनकपुरधाममा मिथिला डिपार्टमेन्टमा भीषण आगलागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ९ पुस । जनकपुरधाम उपमहानगरपालिकाको शिवचोकस्थित मिथिला डिपार्टमेन्टमा आज बिहान भीषण आगलागी भएको छ । करीब १०.३० बजे लागेको आगोले करोडौंँ मूल्य बराबरको सामान जलेर नष्ट भएको बताइएको छ ।

नेपाल नागरिक उडड्यन कार्यालय जनकपुरधाम विमानस्थल तथा जलेश्वर, धनुषधाम र क्षिरेश्वरनाथ नगरपालिकाको वारूण यन्त्रको मद्दतले अढाइ घण्टापछि आगो नियन्त्रण आएको छ । धनुषा जिल्ला प्रहरी प्रमुख रमेश बस्नेतका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा आए पनि आगलागीका कारण खुल्न सकेको छैन । डिपार्टमेन्टका प्रबन्ध निर्देशक हरिकान्त मिश्रले आगलागीले रू पाँच करोड बराबरको सामान जलेर नष्ट भएको बताउनुभयो । रासस