बचत रकम फिर्ता माग्दा सहकारी संस्थाको अवस्था दयनीय

बचत रकम फिर्ता माग्दा सहकारी संस्थाको अवस्था दयनीय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीका समयमा पर्यटन व्यवसाय सङ्कटमा परेकाले ताप्लेजुङका पर्यटन व्यवसायी आफ्नो बचत फिर्ता लिन थालेका छन् ।

कोरोना महामारीका कारण कञ्चनजङ्घा क्षेत्रमा पर्यटक नआएपछि दैनिकी चलाउनै समस्या भएसँगै संरक्षण बचत तथा ऋण सहकारीसंस्थाबाट उनीहरुले आफ्नो बचत फिर्ता लिन थालेका हुन् ।

हिमाली बस्तीका समुदायमा वित्तीय पहुँच पु¥याउन समृद्ध पहाड परियोजनाको प्राविधिक सहयोगमा सञ्चालनमा ल्याइएको संरक्षण बचत तथा ऋण सहकारी संस्थामा प्रत्येक पर्यटन व्यवसायीले बचत गर्दै आएको संस्थाका वित्तीय सहजकर्ता अभिषेक केदमले बताउनुभयो ।

कञ्चनजङ्घा क्षेत्रमा यो वर्ष पर्यटक नआएसँगै पर्यटक व्यवसायीको दैनिकी निर्वाह गर्न समस्या आएसँगै बचत फिर्ता लिन बाध्य भएको फक्ताङलुङ गाउँपालिका–६ घुन्साका होटल व्यवसायी टासीतेन्जी शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो वर्ष होटल राम्रो चलेको थियो । त्यसैको आम्दानीबाट बूढाबूढीले रु तीन लाख सहकारीमा बचत गरेका थियौँ । तर यसपालि पर्यटक आएनन् । होटलमा एक रुपैयाँ आम्दानी छैन, बाँच्नै समस्या भएपछि पुस ५ गते बचत फिर्ता लिएँ ।”

हिमपात हुन सिजन शुरु भएसँगै बर्खे जोहो गर्न सहकारीमा जम्मा गरेको बचत फिर्ता लिन बाध्य भएको होटल व्यवसायी केल्साङ शेर्पा बताउनुभयो । कञ्चनजङ्घा आधार शिविर घुन्सा, खाम्बाचेन, लोनक, फले र ग्यापलाका होटल व्यवसायीले गत ५ पुससम्म रु ११ लाख सो सहकारीमा बचत गरेका थिए ।

पर्यटक नआएपछि दैनिकी चलाउन ठूलो बचत फिर्ता दिनुपर्ने भएपछि सहकारी आर्थिकरूपले कमजोर भएको केदेमले बताउनुभयो ।