नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले संसद् विघटनको विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आन्दोलनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समितिसमेत बनाएको छ । बैठकले प्रवक्ता श्रेष्ठको संयोजकत्वमा २५ सय एक सदस्यीय आन्दोलन परिचालन समिति बनाउने निर्णय गरेको हो । पुस १० गते बिहान १० बजे प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य र सांसदहरु माइतीघर मण्डलामा उपस्थित हुने कार्यक्रम तय भएको छ । त्यहाँको प्रदर्शनपछि सोही टोली निर्वाचन आयोगमा जाने भएको छ । यो समूहले सोही दिन नै दिउसो २ बजे पत्रकार सम्मेलनको आयोजना गर्ने छ ।
आज जारी केन्द्रीय कमिटीको बैठकले संगठनात्मक र राजनीतिक कार्ययोजनामाथि छलफल गर्दै पुष १४ गते देशव्यापी प्रदर्शनमा उत्रिने निर्णय गरेको छ। बैठकले ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने निर्णय गरेको छ ।
नेकपा दाहाल-नेपाल समूहको केन्द्रित कमिटी बैठकका निर्णयहरु सुनाउदै प्रवक्ता नारायणकाजी श्रेष्ठ :
प्रतिक्रिया