बिहेपछि रमेश प्रसाईं र नन्दा पहिलो पटक मिडियामा, काठमाडौं आएर सिधैं आश्रम पुग्दा भावुक बने (भिडियो)

बिहेपछि रमेश प्रसाईं र नन्दा पहिलो पटक मिडियामा, काठमाडौं आएर सिधैं आश्रम पुग्दा भावुक बने (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चर्चित पप्लिक स्पिकर रमेश प्रसाई नन्दा सिंहसँग विवाह बन्धनमा बाँधिएका छन्। रमेशले कालीकोटकी समाजसेवी नन्दा सिंहसँग लगनगाँठो कसेका हुन्।

पुर्वको रमणीय शहर धरानमा आयोजित बिवाह समारोहमा दुवै तर्फका नजिकका आफन्त, केही सञ्चारकर्मीहरु र केहि चर्चित व्यक्तित्वहरु पनि सहभाग थिए। उनीहरुको तीन वर्षको प्रेम सम्बन्धलाई सार्थकता दिदै रमेश र नन्दाले आज लगनगाठो कसेका हुन्।

पछिल्लो समय रमेशले गएको ‘रिंकेबुङको राँगो’ को बोलको गीत निक्कै भाइरल बनेको छ। यस अघि उनि एपीवान टेलिभिजनमा प्रसारित कार्यक्रम पब्लिक स्पिकरका विजेता पनि हुन् । त्यस्तै विभिन्न विषयमा सामाजिक संजाल मार्फत आफ्नो खरो धारणा दिदै आएका प्रसाई निक्कै चर्चित छन ।

को हुन् रमेश प्रसाईको दुलही ?

ताप्लेजुङ निवासी प्रसाईले कालिकोट डिल्लीकोटकी नन्दा सिंहसँग विहे गर्न लागेका हुन् । उमेरले २४ वर्षमा मात्रै भएकी कालीकोटकी नन्दा सिंह आफैँमा आँखा देख्दिनन् । दृष्टिविहिन उनि आफैलाई सहाराको खाचो भए पनि उनले एक दर्जन बालबालिकालाई सहारा दिदै आएकी छिन् । उनि समाजसेवी महिला समेत हुन् । उनले अभिभावक नभएका बालबालिकालाई सहारा दिँदै आएकी हुन् । बाल्यकालकी साथी गीता बस्नेतसँग मिलेर बालबालिकाको हेरचाहका लागि काठमाडौंमा ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था नन्दाले चलाउदै आएकी छन । संस्थाले अनाथ असहाय बालबालिकाको हेरचाह, पढाई र अन्य सबै जिम्मेवारी पुरा गर्दै आएको छ । बूढानीलकण्ठ नगरपालिकाको बालुवाखानीको एक घरको छिँडीमा चार कोठा भाडमा लिएर नन्दाले गरेको काम सामान्य मानिसले गर्नेभन्दा ठूलो छ ।

विवाहपछी यी जोडी पहिलो पटक मिडियामा आएका छन् । नन्दाको आश्रममा भेट्दा उनीहरु निक्कै भावुक थिए । भिडियो हेर्नुहोस ।