बबई नदिको पुलबाट खसेका रमेशको यसरी गरियो अन्तिम बिदाई, टिकटक एकाउन्ट नै नभएको भन्दै दिदिले झारिन बलिनधारा आशु (भिडियो)

बबई नदिको पुलबाट खसेका रमेशको यसरी गरियो अन्तिम बिदाई, टिकटक एकाउन्ट नै नभएको भन्दै दिदिले झारिन बलिनधारा आशु (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टिकटकले गर्दा सामाजिक संजालमा विभिन्न हर्कतहरु देखिदै आएकै हो । विशेष गरि युवायुवतीहरु टिकटकमा भाइरल हुनका लागि विभिन्न अनौठो क्रियाकलाप गर्दै आएका छन ।

यस्तै टिकटक बनाउने क्रममा एक युवा गम्भीर घाइते भएका छन । दाङको तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका २४ वर्षीय रमेश थापा बबई गाउँपालिका-५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुङ्गे पुल मुनि झुण्डीएर टिकटक बनाउने क्रममा लडेर गम्भीर घाइते भएका हुन् । घटना शनिबार दिउँसो सवा २ बजे तिरको हो ।

साथीहरुसंग पर्यटकीयस्थल पुरन्धारा झरनामा पिकनिक खान गएका उनीहरु बबई नदी माथिको झुलुङ्गे पुलमा टिकटक बनाउन गएका थिए । तर रमेश थापाले उत्श्रीन्खलता प्रदर्शन गर्दै पुल मुनिको सपोर्ट तारमा झुण्डिने दुस्साहस गरे ।

उनि तारमा झुण्डीसके पछि फर्कनलाई धेरै कोशिस गरेको भिडियोमा देख्न सकिन्छ । तर उनको हात गल्दै गए पछी हात छोड्छन र २० मिटर तल बगरमा बजारिन पुग्छन । उनि झुण्डिएको माथि ५-७ जना साथीहरु पनि देखिन्छ तर उनीहरुले खासै सहयोग गर्न सकेनन ।

गम्भीर घाइते थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको थियो । तर उनको उपचारको क्रममा कोहलपुर मेडिकल कलेज मै मृत्यु भएको थियो ।

अहिले रमेशको दाहसंस्कार पनि गरिसकिएको छ । तर उनको आफन्तहरु भने रमेशको टिकटक एकाउन्ट समेत नभएको भन्दै दुखेसो पोखेका छन् । भिडियो हेर्नुहोस ।