संसद विघटन गर्ने निर्णयविरुद्ध परेको रिटमा पुष २२ गतेदेखि

संसद विघटन गर्ने निर्णयविरुद्ध परेको रिटमा पुष २२ गतेदेखि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,१० पुष । प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेका रिट निवेदनमा सर्वोच्च अदालतमा अब आउने पुस २२ गते सुनुवाइ हुने भएको छ । शुक्रबार संवैधानिक इजलासले सरकारसँग संसद विघटन गर्नुको लिखित जवाफ माग गर्दै अर्को पेशी पुस २२ गतेका लागि पेशी तोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा उक्त पेशी तोकिएको हो ।