‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को उपविजेता बनेका सन्तोष शाहले लन्डनमा पकाउन थाले नेपाली कुजिन, पकाए तितो करेलाको यति मिठो परिकार (भिडियो)

‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को उपविजेता बनेका सन्तोष शाहले लन्डनमा पकाउन थाले नेपाली कुजिन, पकाए तितो करेलाको यति मिठो परिकार (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को उपबिजेता बनेका नेपाली युवक सन्तोष शाहले नेपाली खानालाई विश्वभर चिनाउन थालेका छन । उनले मास्टर सेफमा पनि नेपाली खानालाई नै पस्किएर विश्वभर चिनाउने कोशिस गरेका थिए ।

मास्टरसेफ सकिए पछि सन्तोषले आफ्नै युट्युब च्यानल मार्फत नेपाली रेसिपीहरु पकाउन सुरु गरेका छन । उनले आफ्नो च्यानलमा पहिलो पटक नेपाली खाना पकाउने क्रममा तितो करेलाको निक्कै मिठो परिकार तयार पारेका छन् । उक्त परिकार पकाउने मात्र हैन उनले प्रयोग गरेको रेसेपीको बारेमा विस्तृत रुपमा बुझाएका पनि छन् ।

सन्तोष पांच वर्षको हुदै उनको बुवाको मृत्यु भएको थियो । त्यसपछि उनको आमामा ठुलो पारिवारिक भार थपिएको थियो । फलस्वरूप सन्तोष करिब दश वर्षको हुदा देखि नै पेट पाल्न र पढ्नको लागि श्रम गर्न थाले । उनले करिब ६ किलोमिटर टाढाको फ्याक्ट्रीमा गएर पाउरोटी टाउकोमा राखेर बेच्न ल्याउथे । उनि पन्ध्र वर्षको हुदा एसएलसी पनि दिए तर उनि पास हुन सकेनन । त्यस पछी उनि भारत पसेको सन्तोष सन्तोष सुनाउछन ।

धेरै अनुभव नभएको पन्ध्र वर्षीय ठिटोले भारतमा पनि राम्रो काम पाउने कुरै भएन । उनले गुजरातको एक पांच तारे होटेलमा भाडा माझ्न थाले । उनले त्यति बेला नै होटेल पनि यति ठुलो हुने रहेछ भन्ने थाहा पाएको बताउछन । तिनै सन्तोष अहिले विश्वको नम्बर एक सेफ बन्ने होडमा छन । उनि सेफ कै रुपमा लन्डनमा कार्यरत छन । उनले निकट भविष्य मै नेपाली कुइजिन मात्र पाउने नेपाली रेस्टुरेन्ट खोल्ने योजनामा छन । त्यसको लागि कम्तिमा सय बढी रेसेपी समेत तयार भैसकेको उनि सुनाउछन ।

उनले पकाएको तितो करेलाको परिकार यस्तो छ । भिडियो हेर्न यहा जानुनुहोस ।