काठमाडौँ : अध्यक्ष माधवकुमार नेपालले पदले व्यक्तिमा अहङ्कार पैदा गर्ने गरेको बताउनुभयो । “पदमा भएपछि जो कोही पनि विनम्र हुनुपर्छ”, उहाँले भन्नुभयो, “नेपालको कम्युनिष्ट एकता र आन्दोलनले विश्वलाई नै उदाहरण प्रस्तुत गरेको थियो ।”
आधिकारिक नेकपा आफूहरु नै भएको र पार्टीको सबै सम्पत्ति पनि आफूहरुको भएको उहाँले बताउनुभयो ।“नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सबै सम्पत्ति हाम्रो हुनेछ” ।
कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता जोगाउन धेरै प्रयास गरिए पनि हठका कारण सम्भव नभएको बताउनुभयो । “पार्टीमा देखिएका विवाद समाधान गर्न हामीले बारम्बार उहाँलाई बैठक बसौँ भन्यौँ”, उहाँले भन्नुभयो, “तर अध्यक्ष ओली बैठकमा बस्न चाहनुभएन ।” उहाँले पार्टी विभाजन नभएको र कोही व्यक्ति असन्तुष्ट भएर चोइटिएको हुन सक्ने टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया