हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत जीप दुर्घटना हुँदा नौ यात्रु घाइते

हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत जीप दुर्घटना हुँदा नौ यात्रु घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १० पुस । हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत पर्ने नेवारपानीबाट जिल्लाकै उत्तरीभेगमा पर्ने राक्सिराङ गाउँपालिका–१ ठूलो भावरतर्फ जाँदै गर्दा ग १ ज ७२८९ नम्बरको जिप आज अनियन्त्रित भई दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन् ।

घाइते यात्रुलाई स्थानीय प्रहरी र गाउँलेले तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते यात्रुको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते भएकामध्ये दुई जना सामान्य र सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेहरले जानकारी दिनुभयो । प्रहरीले बोलेरो जीपका चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस