नाकाका कारण व्यवसायीले दुःख पाए : चेम्बर

नाकाका कारण व्यवसायीले दुःख पाए : चेम्बर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० पुस । चीनर्फको नाका प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा नेपाली व्यवसायीले दुःख पाएको भन्दै नेपाल चेम्बर अफ कमर्शले गुनासो गरेको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले एक वर्षदेखि चिनियाँ नाकामा व्यवसायीका सामान अड्किएको बताउनुभयो ।

करोडौँ मूल्य बराबरको सामान चीनतर्फको नाकामा कुहिन लाग्दा व्यवसायी पनि ब्याजको मारमा परेको अध्यक्ष श्रेष्ठको भनाइ छ । देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले आर्थिक विकासका मुद्दा ओझेलमा पर्न लागेको भन्दै उहाँले आर्थिक मुद्दा नछोड्न आर्थिक पत्रकारहरुलाई आग्रह गर्नुभयो । कोभिडका कारण समस्यामा परेका व्यवसायीलाई सकारात्मक ऊर्जा चाहिएको बेला राजनीतिक अन्यौल बढ्दा व्यवसायीमा चिन्ता थपिएको उहाँको भनाइ छ । रासस