हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ मा पर्ने ‘लिमी’ गाउँलाई पर्यटन गाउँका रुपमा छनोट

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ मा पर्ने ‘लिमी’ गाउँलाई पर्यटन गाउँका रुपमा छनोट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमकोट, १० पुस । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ मा पर्ने ‘लिमी’ गाउँलाई पर्यटन गाउँका रुपमा छनोट गरीएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको छनोटमा लिमी गाउँ आधारमा जिल्लामा पर्यटनको रुपमा विकास छनोट गर्ने निर्णयलाई पारित गरिएको डिभिजन वन कार्यालयका प्रमुख निरज प्रमुख झाले जानकारी दिनुभयो ।

पर्यटन गाउँ छनोटका लागि वन कार्यालय, गाउँपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका संयोजक तथा अन्य सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । कर्णाली प्रदेशका दश जिल्लाबाट एक÷एक गाउँको छनोट गरेर पठाउनु पर्ने प्रावधानअनुसार यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो ।

पर्यटन प्रवद्र्धनलाई ग्रामीणस्तरमा पु¥याएर दीगो आय आर्जनको माध्यम बनाउन यस्तो नीति तय गरिएको हो । आव २०७७ र ७८ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गरेको पर्यटन प्रवद्र्धन कार्यक्रमअनुसार जिल्लाको प्राकृतिक, सांस्कृतिक तथा जैविक क्षेत्रको रुपमा परिचित सो क्षेत्रलाई सबैको सहमतिले लिमीलाई छनोट गरिएको छ ।

यसबाट ग्रामीण पर्यटनको आधार बन्ने नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताउनुभयो । कर्णाली प्रदेशबाट लिमीलाई पर्यटकीय गाउँका रुपमा छनोट भएमा सांस्कृतिक तथा प्राकृतिक पर्यटनको नमुनाका रुपमा विकास र विस्तार हुन सक्ने स्थानीयवासीले आशा गरिएको छ । रासस