हुम्लाका छक्कबहादुर ओली समूह छाडेर प्रचण्ड-नेपालमा प्रवेश

हुम्लाका छक्कबहादुर ओली समूह छाडेर प्रचण्ड-नेपालमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिमाली जिल्ला हुम्लाका सांसद छक्कबहादुर लामा ओली समुह त्यागेर नेकपा प्रचण्ड-माधव समूह पट्टि समावेश भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दुई समुहमा अलग्गिएको नेकपामा ओली समूहलाई छोडेर आफू प्रचण्ड– नेपाल समूहमा गएको जानकारी लामाले दिएका हुन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्दा ओली समूहमा लागेका उनलाई केन्द्रीय सदस्य बनाइएको थियो । तर केन्द्रीय सदस्य पद परित्याग गरी नेकपाको प्रचण्ड-नेपाल समूहमा आएको उनले वक्तव्य मार्फत बताएका छन् ।

लामाले शनिबार एक वक्तव्य जारी गर्दै ओली समुह परित्याग गरि आफु प्रचण्ड-नेपाल समुहमा सामेल भएको बताएका छन् ।