काठमाडौँ, ११ पुस । नेकपाका नेता हरिबोल गजुुरेलले दल विभाजनको दुुर्भाग्यपूूर्ण अवस्थामा पुुगे पनि जनआन्दोलनको उपलब्धी नै समाप्त पार्ने गरी गतिविधि नगर्न नेतृत्वलाई आग्रह गर्नुभएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले एक–अर्काको योगदान र अस्थित्वलाई नै समाप्त पार्ने ढङ्गबाट शीर्ष तहबाटै भइरहेको गाली गलौज र टिक्का टिप्पणी रोक्न दुुवै समूूहलाई सल्लाह दिनुुभयो ।
नेता गजुुरेलले भन्नुुभयो, “स्थायी समितिको निर्णय विपरित तथा अरु सम्भावनाको खोजी बिनै संसदीय दलमा समेत छलफल नगरी संसद् भङ्ग गर्ने प्रधानमन्त्रीको कदम त्रुुटीपूूर्ण छ ।” उहाँले पार्टी विभाजनले उपलब्धी संस्थागत गर्न चुनौती खडा हुुने भएकाले तटस्थ रही एकताका लागि आफूूले भगीरथ प्रयास गरे पनि अन्तरराष्ट्रिय चलखेल र स्वयम् नेताकै महत्वकांक्षाले एकता जोगाउन बाधा पुुगेको धारणा राख्नुुभयो ।
पार्टीको आन्तरिक जीवनमा देखिएका समस्या र थेग्नै नसक्ने गरी भएको विदेशी चलखेलले नेकपाको विभाजनलाई मलजल गरेको बताउँदै नेता गजुुरेलले भन्नुुभयो, “पछिल्लो समय थेग्नै नसक्ने गरी नाङ्गोरुपमा भएको विदेशी चलखेलका घटनाक्रमले पार्टी विभाजनलाई थप सहयोग ग¥यो ।”
पार्टीलाई सिद्धान्त र विचारका आधारमा बलियो तुुल्याउन गुुटवन्दी होइन, विचार समूूहको मात्रै अभ्यास गर्नु उचित हुने तर्क गर्दै उहाँले एकता कायम राख्न बालुुवाटार जाँदा प्रचण्डको तथा खुुमलटार जाँदा प्रधानमन्त्रीको पक्षमा आफूूले इमान्दारपूूर्वक वकालत गर्दै आएको घटना सुुनाउनुुभयो । रासस
प्रतिक्रिया