नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता देवप्रसाद गुरुङले संविधानको रक्षा र कार्यान्वयनका संसद् पुनःस्थापना गर्नुपर्ने बताउनुभएको छ । नेकपा गण्डकी प्रदेश कार्यालयको विस्तारित बैठकमा उहाँले संसद् विघटनको सिफारिस असंवैधानिक भएको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले संसद् विघटनको जुन निर्णय गर्नुभयो यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र अहिलेको व्यवस्थालाई सहयोग गर्दैन ।” विघठित प्रतिनिधिसभामा नेकपाका तर्फबाट प्रमुख सचेतकसमेत रहनुभएका नेता गुरुङले विघठित संसद् पुनःस्थापना गरिछाड्ने दावी गर्नुभयो ।
विघठित प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेलले पार्टीबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहयोग नभएको दावी गर्दै आन्तरिक छलफललाई लिएर जनताको अभिमतबाट निर्मित सार्वभौम प्रतिनिधिसभा विघटनको सही नभएको बताउनुभयो ।
प्रतिक्रिया