३६ सांसदको हस्ताक्षर सहित प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

३६ सांसदको हस्ताक्षर सहित प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो अविश्वासको प्रस्तावका प्रस्तावक रहेका छन ।

३६ सांसदको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको छ । प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद भए पनि हाल ३६ जनाको मात्र हस्ताक्षर भएको छ । प्रदेश नम्बर १ मा ९३ सांसद छन् । तीमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिएका छन् ।

पछिल्लो सयम अघोषित रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिभाजन भइसकेको छ ।