विपन्न परिवारलाई जाडोबाट बच्न कम्बल वितरण

विपन्न परिवारलाई जाडोबाट बच्न कम्बल वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मानव अधिकार तथा शान्ति समाजले निजी संस्थासँगको सहकार्यमा विभिन्न जिल्लाका विपन्न परिवारलाई जाडोबाट बच्न कम्बल वितरण गरेको छ । समाजको पर्सा शाखाको आयोजना र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलगायतकोे सहयोगमा पुस १० गते वीरगञ्ज महानगरपालिकाको वडा नं ४, ५ र ७ का विपन्न दलित परिवारलाई २०० थान कम्बल वितरण गरेको केन्द्रीय महासचिव सुशील बस्नेतले राससलाई जानकारी दिनुभयो । सहयोगी संस्थाको सहयोगमा अरु जिल्लाका विपन्नलाई पनि कम्बल वितरण गरिने पनि उहाँले बताउनुभयो ।

यसैगरी समाजको सिराहा शाखाको आयोजना र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलगायत संस्थाकै सहयोगमा सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–९ का विपन्न दलित परिवारलाई २०० थान कम्बल वितरण गरिएको छ । कार्यक्रमको संयोजन गर्नुभएका शान्ति समाज पर्सा शाखा सभापति अमरबहादुर गौतमले सेवामुखी उद्देश्य बोकेका संस्थाको तर्फबाट भविष्यमा पनि सहयोग कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

समाज कपिलवस्तु शाखासहितको आयोजनामा ७२औंँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा हालै जितपुर कपिलवस्तुमा आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गर्नुभएको छ । कार्यक्रममा शान्ति समाज कपिलवस्तु शाखा सभापति गोविन्दराज पोखरेलले जीवनमुखी उद्देश्य बोकेको संस्थाले भविष्यमा पनि रक्तदानलगायत मानवीय कार्यलाई निरन्तरता दिने बताउनुभयो । रासस