दाङको लमहीमा शुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले विजयी शुरुआत गरेको छ । समूह ‘बी’ मा रहेको सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ५९ रनले पराजित ग¥यो । खेलमा सुदूरपश्चिमले दिएको १०७ रनको विजयी चुनौतीलाई पछ्याएको गण्डकीले निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर ४८ रनमा सीमित भएको थियो ।
ब्याटिङतर्फ गण्डकी प्रदेशका लागि कुनै ब्याट्स म्यानले दोहोरो अङ्क जोड्न सकेनन् । त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १९.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर १०७ रन बनाएको थियो । प्रदेश नं १ ले पनि लमहीमै भएको खेलमा विजयी शुरुआत गरेको छ ।
समूह ‘बी’ मै रहेको प्रदेश नं २ ले प्रतियोगितामा विजयी शुरुआत गर्ने क्रममा आजको दोस्रो खेलमा वाग्मतीलाई ४६ रनले पराजित ग¥यो । खेलमा प्रदेश नं २ ले प्रस्तुत गरेको १०७ रनको लक्ष्यलाई पछ्याएको वाग्मती १६.४ ओभरमा अल आउट हुँदै ६० रनमा सीमित हुन पुग्यो ।
प्रतियोगिताअन्तर्गत बुधबार पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश नं १ को सामना गर्नेछ भने दिनको दोस्रो खेलमा वाग्मतीले गण्डकीको सामना गर्नेछ । प्रतियोगिताको समूह ‘ए’ बाट विभागीय टोली एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल पुगिसकेका छन् । प्रतियोगितामा समूह ‘ए’ बाट एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनलमा पुगेका छन् । एपीएफ समूह विजेता हुँदै सेमिफाइनलमा पुग्दा लुम्बिनी उपविजेता बन्दै सेमिफाइनल पुगेको छ ।
प्रतियोगिताअन्तर्गत अब सेमिफाइनलमा एपीएफले समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ भने लुम्बिनीले समूह ‘बी’ को विजेतासँग पुस १८ गते खेल्नेछ । प्रतियोगिताको अन्तिम खेल पुस १९ गते हुनेछ ।
प्रतिक्रिया