अ पह रण तथा शरीर बन्धक मुद्दाका फरार व्यक्ति १२ वर्षपछि पक्राउ

अ पह रण तथा शरीर बन्धक मुद्दाका फरार व्यक्ति १२ वर्षपछि पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ पुस । प्रहरीले अ पह रण तथा शरीर बन्धक मुद्दाका फरार व्यक्तिलाई १२ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भ्याली कोल्ड स्टोर्स बालाजुका सञ्चालकसमेत रहेका बाबुराजा रावलको अ पह रणमा संलग्न सर्लाहीका ३८ वर्षीय सोले÷कुमार भनिने दुर्गाबहादुर बुढाथोकीलाई मङ्गलबार इलाममा पक्राउ गरी आज काठमाडौँमा सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले विसं २०६५ मा वुढाथोकीसहितको समूहले रावलसँग रु एक करोड ५० लाख फिरौती मागेर बन्धक बनाएकाले पक्राउ गरिएको जानकारी दिनुभयो । तत्कालीन समयमा रावललाई अ पह रण गर्नेमा बुढाथोकीसहित बङ्गुरे भनिने विकास कार्की, सोल्टी भनिने टासी गुरुङ, विनोद कार्की, विकास गुरुङ, प्रल्हाद महत र विष्णु जिसी रहेका थिए । बन्धक बनाएर फरार रहेका बुढाथोकी भारतका विभिन्न स्थानमा लुक्दै आएका थिए । पक्राउ परेका बुढाथोकीलाई आवश्यक अनुसन्धान तथा का रवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको ब्यूरोले जनाएको छ । रासस