अन्तिम पटक बाबाले छातीमा टाँसेर छोरी म जान्छु है भनेर जानुभयो तर फर्किनु भएन (भिडियो)

अन्तिम पटक बाबाले छातीमा टाँसेर छोरी म जान्छु है भनेर जानुभयो तर फर्किनु भएन (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजभन्दा २६ वर्ष पहिले रोजगारीकालागी भारत गएका गोबिन्द भण्डारी भारतमै बेपत्ता भए । उनी बेपत्ता भएको यो खबरलाई बिभिन्न सामाजिक सञ्जालमा भाइरल गराईएपछि गोबिन्द भण्डारी भारतको पञ्जाब स्थित लुधियानामा भएको कुरा उनका छोरी सुनिता भण्डारीलाई जानकारी गराईएको थियो । सोही जानकारीका आधारमा सुनिता केही सोशल मिडियाको सहयोगमा भारतको लुधियानामा पुगीन् पनि । तर उनी त्याहाँ पुगेपछि जो मानिसलाई गोबिन्द भण्डारी भनिएको थियो त्यो मानिस गोबिन्द नभएको खुल्न आएको छ ।

आफ्नो बाबालाई सुनिताले खोज्न थालेको १५ महिना भएको रहेछ । त्यो १५ महिनामा उनले धेरै जनासंग सम्पर्क गरेकी रहिछन् । यति मात्र नभई उनले विभिन्न संघसंस्थासंग सहयोग पनि मागेकी रहीछिन् । तर उनी सबै ठाउँबाट निरास भएर घर फर्कन्थिन् । धेरै प्रयास गर्दा पनि बाबाको बारेमा केही पत्ता नलागेपछि उनले मिडिायाको साहायतामा आफ्नो बाबाको फोटा सार्वजनिक गर्दै सबै कुरालाई बताएर भेट्नेले सम्पर्क गरिदिनकालागी अपिल गरेपछि भने उनको जीवनमा त्यो एक दिन आयो । भिडियो