रु १०० ले ओरालो लाग्यो सुनको मूल्य

रु १०० ले ओरालो लाग्यो सुनको मूल्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ पुस । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु १०० ले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार हुने गरी तोकिएको छ । छापावाला सुन बुधबार भने प्रतितोला रु ९२ हजार ४०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला रु ९१ हजार ८५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला रु ९१ हजार ९५० मा बुधबार कारोवार भएको तेजाबी सुनसमेत तोलामा रु १०० ले घटेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर छ । चाँदी बुधबार र आजसमेत प्रतितोला रु एक हजार २०० मा कारोवार भएको छ । रासस